च्याउ खाँदा एकको मृत्यु, आठ जना गम्भीर बिरामी

जाजरकोट । जाजरकोटमा च्याउ खाँदा एक जनाको मृत्यू भएको छ । कुशे गाउँपालिका –१ स्याँक्रीमा च्याउ खाँदा गए राति तीन वर्षीया अञ्जना चलाउनेको मृत्यु भएको हो । सँगै च्याउ खाएका ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीय पशुपति चलाउने, नौ वर्षीया निरुता सिंह, १२ वर्षीया धन्सरा चलाउने र […]

भारतिय अभिनेता अक्षय कुमारको वार्षिक कमाई कति

एजेन्सी ।  सुपरस्टार अक्षय कुमारलाई गएको केही वर्षयता हिट मेशिन भन्ने गरिएको छ । उनका हरेक फिल्म ब्लकबस्टर हुने प्रदर्शनभन्दा अगाडि नै तय हुन्छ । उनका फिल्मले प्रदर्शनभन्दा अगाडि नै सफलताको कहानी लेख्न सुरु गर्छन् । यो सफलताको पछाडि उनको २५ वर्षको बेजोड मेहेनत छ । यही विश्वसनियताका कारण निर्माताले उनलाई महँगो पारिश्रमिक तिर्ने गरेका […]

राहतको प्रतिक्षामा बाढीपिडित, यसपालीको बर्षात पनि पालमुनी

गोविन्द बिश्वकर्मा सुर्खेत । सुर्खेतका बाढी पिडित अझै राहत कुरेर बसेका छन् । बढीपिडित भएको ६ बर्ष भईसक्दा पनि पुनर्वास हुन नसक्दा पाल भित्र जीवन कटाएका पिडितले राहत कुरेर बसेका हुन् । वि.स २०७१ साल साउन अन्तिम साता परेको अविरल बर्षाका कारण सुर्खेतलाई बाढीले तहसनहस बनाएको थियो । लगातार दुई दिन रात परेको पानीले सुर्खेतलाई […]

जीतप्रसाद गुरुङ्ग बचाउ अभियान, बुधबार २९ हजार हस्तान्तरण

गोविन्द बिश्वकर्मा सुर्खेत । बिगत लामो समय देखि मृर्गौला रोगबाट ग्रसित जीतप्रसाद गुरुङ्ग बचाउ अभियान सुरु भएको छ । भारतमा लामो समय देखि रोजगारी गर्दै आएका वीरेन्द्रनगर नगरपालीका १२ गुरुङ्ग शारीरिक रूपमा अशक्त रहेको र हप्तामा दुई पटक डायलासिस गर्नु पर्ने भएकाले उनको सहयोगार्थ अभियान चलाईएको हो । परिवारको एक मात्र साहारा रहेका उनलाई रोगसंग […]

त्रिविका क्याम्पसहरु खुले

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु बुधबारबाट खुल्ने भएका छन् । साउन ६ गतेदेखि लकडाउन अन्त्य भएसँगै शिक्षक÷कर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएकाले साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु हुने त्रिविले जानकारी दिएको छ । क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय सन्चालन भने नहुने त्रिवि रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

१२० दिन पछि खुल्यो लकडाउन

काठमाण्डौं ।  कोभिड १९ कोरोना भाईरस संक्रमणका कारण सरकारले लागु गरेको लकडाउन बन्दाबन्दि १२० दिन अन्त्य गरेको छ । २०७६ साल चैत्र ११ देखि सुरु भएको लकडाउन बन्दाबन्दि १२० मंगलबार राति १२ बजेदेखि पूर्णरुपमा हट्ने गरी मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारले लकडाउनको अन्त्य भएको जनाएको हो । सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना […]

भदौ १ देखि आन्तरिक र अन्तरराष्ट्रिय उडान खुला गर्ने सरकारको तयारी

काठमाडौ । सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार उडान सम्बन्धी आवश्यक तयारी तथा प्रोटोकल (कार्यविधि) भने मन्त्रालयले तयार पार्नेछ । आन्तरिक […]

टीका सानुको स्वर र सलिना नेपालीको अभिनयमा “बेतैको डाली” बजारमा

सुर्खेत । अर्घाखाँची स्थायी ठेगाना भई काठमाडौमा बस्दै आएकि सलिना नेपाली पछिल्लो समय अभिनयमा जम्दै गएकि छन् । टीका सानुको स्वर र सलिना नेपालीको अभिनयमा तीज गित “बेतैको डाली” बजारमा आएको छ । दर्जन बढी गितमा अभिनय गरिसकेकि नेपालीले यस पहिला नै तीन दर्जन बढी गितमा स्वर दिसकेकि छन् । कोरोना भाईरस कोभिड १९ ले […]

मन्दिरमा पुजा गर्दै गरेकि महिलाको मृत्यू

सुर्खेत ।  सुर्खेतको बराहताल गाउँपालिका ८, भट्टेघाडीमा एक महिलाको पुजा गर्दै गर्दा मृत्यु भएको छ । सोमबार दिउँसो करिब १२ बजे तिर साउने सोमबारको अवसरमा मन्दिरमा जल चढाउने क्रममा सोही ठाउँ घर भएकी अन्दाजी ५० वर्षिय महिला लक्ष्मी शाहीको मृत्यु भएको हो । पुजा गर्नेक्रममा बेहोस भएकी उनको होस् नै नखुली मृत्यु भएको स्थानीय भैरव […]

गर्भवती भएपछि पेटमा ‘स्ट्रेच माक्र्स’ छ ? घरमै बनाउनुस् यस्तो औषधि

एजेन्सी । सामान्य वा शल्यक्रिया गरेर बच्चा जन्माएका महिलाहरुको पेटमा ‘स्ट्रेच माक्र्स’ बस्छ । गर्भवती भएको अवस्थामा पेटको छाला तन्किएर बसेको धर्साका कारण धेरै महिलाहरुलाई पछि निकै समस्या पर्ने गर्छ । गर्भवती भएको १३ देखि २१ हप्तामा पेटमा यस्तो धर्सा बस्न सक्छ । करिब ९० प्रतिशत महिलाहरुमा गर्भवती भएको समयमा पेट, तिघ्रा, पुठ्ठा र स्तनमा […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957