वीरेन्द्रनगरमा २७ वर्षीया युवती कोठामा मृत फेला

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० मनिकापुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । स्थानीय रेखा गिरीकी २७ वर्षीया छोरी सरस्वती गिरी (वली) आफ्नै कोठाको बिस्तारामा मृत अवस्थामा फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्र सिंह बोहराका अनुसार बिहान करिव ९ बजेकाे समयमा कोठामा मृत […]

रारा जाँदै गरेको हाईलक्स दुर्घटना हुँदा ३ जनाकाे मृत्यु

मुगु ।  मुगु जिल्लाकाे छायानाँथ रारा नगरपालिका ७ टोप्ला स्थित ताल्चा रारा कच्ची सडक खण्डमा सुर्खेतबाट रारातर्फ जाँदै गरेको हाईलक्स गाडी दुर्घटना हुँदा ३ जना मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । ललितपुर महानगरपालिका १५ का ५८ वर्षीय कञ्चन थापाले चलाएकाे बा १७ च १८६४ नम्बरको हाईलक्स  गाडी आईतवार रारा कच्ची सडक […]

सुर्खेतमा दुई सशस्त्र प्रहरीसहित चार जना पक्राउ

सुर्खेत । सुर्खेतमा लागूऔषध खैरो हेरोइन सहित सशस्त्र प्रहरीका दुई बहालवाला कर्मचारी पक्राउ परेका छन् । प्रहरीले सशस्त्र प्रहरीसहित चार जना पक्राउ परेका हो । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका १३, करेखोलाबाट उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर १३ का २३ वर्षीय रूपेश घर्ती मगर […]

सुर्खेतमा जुवातास खेलिरहेका १७ जना पक्राउ

सुर्खेत । सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् । प्रहरीले वीरेन्द्रनगर नगरपालिका ४ जिरो ड्यामस्थित एक घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शुक्रबार राति करिब ११ः५० बजे प्रशान्त शाहीको घरमा जुवातास खेल भइरहेको गोप्य सूचनाका आधारमा संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो । कर्णाली प्रदेश […]

सुर्खेतमा ८ थान अवैध भरुवा बन्दुक बरामद

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका ७ स्याउलेस्थित पानीडाँडा सामुदायिक वनबाट प्रहरीले ८ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ । बुधबार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले  दिउँसो करिब ४ बजे सामुदायिक वन क्षेत्रमा खोजतलास गर्ने क्रममा बन्दुक फेला पारेको हो । प्रहरीका अनुसार बरामद […]

दैलेखमा मोटरसाइकल ट्रकमा ठोक्कियो, ५५ वर्षीय व्यक्ति गम्भीर घाइते!

दैलेख दैलेखको गुराँस गाउँपालिका–४ चिसापानीमा मोटरसाइकल ट्रकको पछाडि ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसारआइतबार दिउँसो करिब २ बजे सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००३ प २२१० नम्बरको मोटरसाइकल सोही दिशातर्फ गइरहेको लुम्बिनी प्रदेश ०२–००१ क ०१९३ नम्बरको ट्रकको पछाडि ठोक्किएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार दैलेखको […]

दीपक रावलकाे नेतृत्वमा कर्णाली संवाद क्लब गठन

सुर्खेत । पत्रकारिताको विकास, सत्य–तथ्यमा आधारित समाचार सम्प्रेषण तथा सामाजिक रूपान्तरणलाई प्राथमिकता दिने उद्देश्यसहित कर्णाली संवाद क्लबको केन्द्रीय कार्यसमिति गठन गरिएको छ। नवगठित कार्यसमितिको अध्यक्षमा दीपक रावल चयन भएका छन्। क्लबको वरिष्ठ उपाध्यक्षमा गोविन्द बिक, उपाध्यक्षमा मन्जु रिजाल, महासचिवमा जित बहादुर तिरुवा, सचिवमा सञ्जीव कुमार बि.सी. र कोषाध्यक्षमा सुशिला कार्की चयन भएका छन्। त्यस्तै, केन्द्रीय कार्यसमिति […]

सुर्खेतका दीपक–हिमा दम्पतीद्वारा बाढीपीडितका लागि ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार र पुनर्निर्माणमा सहयोग पु¥याउन सुर्खेतका दिपक–हिमा दम्पत्तीले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । विसी ग्रुप कर्णालीका अध्यक्ष युवा व्यवसायी दीपककुमार बुढाक्षेत्री र निर्देशक हिमा कुमारी उपाध्यायले बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई […]

सर्वोच्चको आदेश, पत्रकार मल्ललाई छाड्न परमादेश!

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेका पत्रकार आशिष मल्ल ठकुरी (धर्मराज मल्ल) लाई तारेख वा हाजिर जमानीमा छाड्न परमादेश जारी गरेको छ । केही दिनअघि जनआस्था साप्ताहिकमार्फत सार्वजनिक भएको टेलिफोन संवादमा पत्रकार मल्ल र अर्का पत्रकार हेमन्त चौधरीबीच भएको कुराकानी सुनिएको थियो । उक्त संवादमा चौधरीले आफूलाई एक सांसदको अघोषित प्रेस सल्लाहकारका रूपमा प्रस्तुत […]

गुर्भाकोटको मेहेलकुना बजारमा अनुगमन:

सुर्खेत । सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिकास्थित मेहेलकुना बजारमा संयुक्त बजार अनुगमन गरिएको छ। मिति २०८३ असोज १६ गते बिहान ९ बजेदेखि दिउँसो २:३० बजेसम्म सञ्चालन गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका २० हजार ६९० रुपैयाँ बराबरका खाद्य तथा पेय पदार्थ जफत गरी नष्ट गरिएको छ।गुर्भाकोट नगरपालिकाको आयोजनामा तथा सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भएको अनुगमनमा […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८