
सुर्खेत । पत्रकारिताको विकास, सत्य–तथ्यमा आधारित समाचार सम्प्रेषण तथा सामाजिक रूपान्तरणलाई प्राथमिकता दिने उद्देश्यसहित कर्णाली संवाद क्लबको केन्द्रीय कार्यसमिति गठन गरिएको छ। नवगठित कार्यसमितिको अध्यक्षमा दीपक रावल चयन भएका छन्। क्लबको वरिष्ठ उपाध्यक्षमा गोविन्द बिक, उपाध्यक्षमा मन्जु रिजाल, महासचिवमा जित बहादुर तिरुवा, सचिवमा सञ्जीव कुमार बि.सी. र कोषाध्यक्षमा सुशिला कार्की चयन भएका छन्। त्यस्तै, केन्द्रीय कार्यसमिति […]
रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार र पुनर्निर्माणमा सहयोग पु¥याउन सुर्खेतका दिपक–हिमा दम्पत्तीले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । विसी ग्रुप कर्णालीका अध्यक्ष युवा व्यवसायी दीपककुमार बुढाक्षेत्री र निर्देशक हिमा कुमारी उपाध्यायले बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई […]
काठमाडौं । सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेका पत्रकार आशिष मल्ल ठकुरी (धर्मराज मल्ल) लाई तारेख वा हाजिर जमानीमा छाड्न परमादेश जारी गरेको छ । केही दिनअघि जनआस्था साप्ताहिकमार्फत सार्वजनिक भएको टेलिफोन संवादमा पत्रकार मल्ल र अर्का पत्रकार हेमन्त चौधरीबीच भएको कुराकानी सुनिएको थियो । उक्त संवादमा चौधरीले आफूलाई एक सांसदको अघोषित प्रेस सल्लाहकारका रूपमा प्रस्तुत […]
सुर्खेत । सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिकास्थित मेहेलकुना बजारमा संयुक्त बजार अनुगमन गरिएको छ। मिति २०८३ असोज १६ गते बिहान ९ बजेदेखि दिउँसो २:३० बजेसम्म सञ्चालन गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका २० हजार ६९० रुपैयाँ बराबरका खाद्य तथा पेय पदार्थ जफत गरी नष्ट गरिएको छ।गुर्भाकोट नगरपालिकाको आयोजनामा तथा सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भएको अनुगमनमा […]
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१३, सिउनास्थित हेर्ने भिरको ओडारमा लुकाइराखिएको अवस्थामा ३ थान एकनाले भरुवा बन्दुक बरामद भएका छन्।मिति २०८३ असोज १६ गते बिहान करिब ७ बजे इलाका प्रहरी कार्यालय रग्दा, जाजरकोटबाट खटिएको प्रहरी टोलीले ओडारमा बेवारिसे अवस्थामा लुकाइछिपाई राखिएका बन्दुक फेला पारेको हो।प्रहरीका अनुसार बरामद गरिएका ३ थान बन्दुकमध्ये २ थान साबुत अवस्थामा रहेका […]
सुर्खेत । कर्णाली प्रदेशमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूले आफूहरूलाई अन्य कर्मचारीसरह सेवासुविधा उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षणपत्र बुझाएका छन् । मंगलवार सुर्खेतका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पेश गरिएको हो । ध्यानाकर्षण पत्रमा लामो समयदेखि कार्यालयमा स्थायी कर्मचारीसरह काम गर्दै आए पनि आफूहरू सेवा सुविधाबाट वञ्चित रहेको उल्लेख गरिएको छ । […]
काठमाडौं । गृहमन्त्री सुधन गुरुङका मान्छेसँग निकट सम्बन्ध रहेको भन्दै फोन संवाद गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ घर भएका ३७ वर्षीय आशिष मल्ल भनिने धर्मराज मल्ल छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो । मल्ल र अर्का एक व्यक्तिले गृहमन्त्रीका मान्छेसँग सम्बन्ध रहेको […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले पल्मबर पाइपसँगको सहकार्यलाई निरन्तरता दिएको छ। कर्णाली याक्स र जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजबीच एनपिएलको तेस्रो संस्करणका लागि सम्झौता भएको हो। सम्झौता पत्रमा बिहीबार कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक नितिन जलानले हस्ताक्षर गरे। सम्झौतासँगै जय […]
सुर्खेत । भ्यालि मेरिडियन VMA Carnival–2083 अन्तर्गत आयोजित अन्तरविद्यालय बास्केटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । प्रतियोगिताको समापन समारोहमा विजेता तथा सहभागी सबै विद्यालयलाई सम्मानसहित बधाई ज्ञापन गरिएको छ । पुरुष टीम तर्फ प्रथम 🏆 डिभि निकेतन, द्वितिय ईगरव्रिज स्कुल र तृतीय सेन्ट म्यारिच स्कुल भएका छन् । यस्तै, छात्रा तर्फ प्रथम भ्यालि मेरिडियन […]
सुर्खेत । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत वीरेन्द्रनगर नगरपालिका ३ मा बालकृष्ण हमाल ‘चालिसे’ वडा सभापतिमा चयन भएका छन् । वडा अधिवेशनबाट हमाललाई सभापतिको जिम्मेवारी दिइएको हो । अधिवेशनले आगामी स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर ३ को वडा अध्यक्ष पदका लागि बालकृष्ण हमाल ‘चालिसे’लाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय समेत गरेको श्राेतले जनाइएको छ । सामाजिक […]