सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० घुस्रा रोडमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

शुक्रबार राति घुस्राबाट तीनकुने चोकतर्फ जाँदै गरेको लु ७२ प २००९ नम्बरको बुलेट मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा परी वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदे बस्ने ३७ वर्षीय विवेक थापा, २९ वर्षीया सुनिता थापा र मोटरसाइकल चालक २२ वर्षीय दीपेश चौधरी घाइते भएका थिए।

प्रहरीका अनुसार विवेकको टाउकोमा गम्भीर चोट लागेको थियो भने उनकी श्रीमती सुनिताको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो। मोटरसाइकल चालक चौधरीको अनुहारमा चोट लागेको थियो।

तीनै जनालाई प्रारम्भमा कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेतमा उपचारका लागि लगिएको थियो। अवस्था गम्भीर भएपछि थप उपचारका लागि शुक्रबार राति करिब ९ बजे नेपालगन्ज रिफर गरिएको थियो।

नेपालगन्ज लैजाने क्रममा राति बाटोमै विवेक थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव कर्णाली प्रदेश अस्पताल, कालागाउँको शवगृहमा राखिएको थियो।

घाइते सुनिता थापा र मोटरसाइकल चालक दीपेश चौधरीलाई थप उपचारका लागि नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

शनिबार, आश्विन २४, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१