जुम्लाका राजनले जिते एक्सट्रिम म्याराथन

सुर्खेत । सुर्खेतमा आयोजित एक्सट्रिम तेस्रो हाफ म्याराथन प्रतियोगिताको उपाधि जुम्लाका राजन रोकायले जितेका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग तथा मिड वेस्टर्न फिटनेस सेन्टरको आयोजनामा सम्पन्न प्रतियोगितामा रोकायले २१ किलोमिटर दूरी एक घण्टा नौ मिनेट ३१ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरेका हुन् । उपाधिसँगै उनले नगद एक लाख ५० […]

मेक्सिको बन्यो नकआउट चरण पुग्ने पहिलो टिम

काठमाडौं । लुइस रोमोको निर्णायक गोलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्दै सहआयोजक मेक्सिको फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । घरेलु मैदान ग्वाडालाजारा स्टेडियममा शुक्रबार बिहान भएको संघर्षपूर्ण जितपछि मेक्सिको राउण्ड अफ ३२ मा पुग्ने पहिलो टिम बनेको हो । मेक्सिको समूह ए को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ […]

भोलिदेखि विद्यालयस्तरीय क्रिकेट प्रतियोगीता

सुर्खेत । नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक क्यालेण्डर अनुसार सुर्खेत जिल्ला क्रिकेट संघको आयोजनामा मंगलबारदेखि विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगीता हुने भएको छ । प्रदेशस्तरको छनौट चरणमा प्रतिनिधित्व गर्ने सुर्खेत जिल्लाको टिम छनौटका लागि हुन लागेको प्रतियोगीतामा सुर्खेतका २३ वटा विद्यालय सहभागी हुनेछन् । सुर्खेत जिल्लाको विजयी टोलीले केही समयपछि हुने प्रदेशस्तरको विद्यालयस्तरीय प्रतियोगिता र त्यसलगत्तै […]

प्रथम मेयर कप च्याम्पियन वीरेन्द्रनगर, जुम्ला १-० ले पराजित

सुर्खेत । वीरेन्द्रनगर, सुर्खेत ्र वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा बिहीबार दिउँसो सम्पन्न “प्रथम कर्णाली प्रदेश स्तरीय मेयर कप फुटबल प्रतियोगिता–२०८३” को फाइनल महाभिडन्तमा आयोजक वीरेन्द्रनगर नगरपालिका (रातो जर्सी) विजयी भएको छ । निकै रोमान्चक र कडा प्रतिस्पर्धात्मक खेलमा जुम्ला (सेतो जर्सी) लाई १–० को साँघुरो गोल अन्तरले पराजित गर्दै घरेलु टोली वीरेन्द्रनगरले ऐतिहासिक पहिलो संस्करणको […]

प्रधानमन्त्री कपका लागि कर्णाली टोलीलाई विदाइ

सुर्खेत । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी चैत ७ गतेदेखि सुरु हुँदैछ । देशकै प्रतिष्ठित यस प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहनेछ भने खेलहरू काठमाडौं, जनकपुर र पर्सामा सञ्चालन हुनेछन् । यही प्रतियोगितामा सहभागिता जनाउने कर्णाली प्रदेशको टोलीलाई आज औपचारिक रूपमा विदाइ गरिएको छ । कर्णाली प्रदेश क्रिकेट संघद्वारा आयोजित […]

नेपाल इंग्ल्यान्डसँग पराजित

काठमाण्डौं । लोकेश बमको साहसका बावजुद नेपाल ट्वान्टी–२० विश्वकपमा आइतबार इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । लोकेशले २० बलमा ३९ रन बनाए पनि १ सय ८५ रनको लक्ष्य लिएर आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ८० रनमात्र बनाउन सक्यो । मुम्बईको वानखडे रंगशालामा उपस्थित १७ हजार मध्ये अधिकांश नेपाली समर्थक […]

वीरेन्द्रनगरमा पुरुष यू–१६ क्रिकेट प्रतियोगिता हुँदै

सुर्खेत । वीरेन्द्रनगरमा भोली मंगलबारदेखि पुरुष यू–१६ क्रिकेट प्रतियोगिता हुदैछ । एसियन क्रिकेट काउन्सिलको कार्यक्रम अनुसार सुर्खेत क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो । हाल कर्णाली प्रदेशले क्रिकेटमा ठुलो उपलब्धी हासिल गरिरहेको र सुर्खेत जिल्लामा ग्रासरुट क्रिकेट खेल विकास गर्ने उद्देश्यले पहिलो पटक यो प्रतियोगिता आयोजना सञ्चालन हुदैछ । प्रक्रियोगितामा जिल्लाका १२ वटा विद्यालयका टिमले […]

चारदेशीय टी–२० सिरिजमा नेपालको विजयी शुरूआत

काठमाडौ । चारदेशीय टी–२० सिरिजमा नेपालले विजयी शुरूआत गरेको छ । बुधबार बिहान सम्पन्न पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले हराएको हो । कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए। अर्का ओपनर आसिफ शेखले २१ बलमा चार चौकासहित ३३ रन […]

१० औं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

सुर्खेत । आगामी जेठमा कर्णाली प्रदेशमा हुन लागेको १० औं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक भएको छ । मंगलबार ललितपुरुस्थित अन्तराष्ट्रिय खेलकुद परिसरमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले लोगो र मस्कट सार्वजनिक गरेका हुन् । मस्कटमा रेड पाण्डा राखिएको छ भने लोगोमा सात रङ, चन्द्र र सुर्य अंकित छ । मन्त्री चौधरीले दशौं […]

गमाैडीमा मैत्रीपुर्णी फुटवल खेल हुदैं

दैलेखको दुल्लु १० गमौडीमा १ दिने मैत्रीपर्ण फुटवल हुदैछ । शुभ दिपावली २०८१ सालको पावन अबसरमा दुल्लु १० गमौडीका युवाहरुको आयोजनामा यहि कात्तिक १६ गतेका दिन श्री पञ्चकोशी ज्वाला मा.वि दुल्लु १० गमौडीमा हुन गईरहेको मैत्रीपुर्ण फुटवल प्रतियोगीता हुने आयोजकले जनाएको छ । प्रतियोगीतामा दुल्लु ११ कालभैरव र दुल्लु १० गमौडीका युवा खेलाडीहरु विच खेल […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१