सुर्खेत । वीरेन्द्रनगरमा भोली मंगलबारदेखि पुरुष यू–१६ क्रिकेट प्रतियोगिता हुदैछ । एसियन क्रिकेट काउन्सिलको कार्यक्रम अनुसार सुर्खेत क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो ।

हाल कर्णाली प्रदेशले क्रिकेटमा ठुलो उपलब्धी हासिल गरिरहेको र सुर्खेत जिल्लामा ग्रासरुट क्रिकेट खेल विकास गर्ने उद्देश्यले पहिलो पटक यो प्रतियोगिता आयोजना सञ्चालन हुदैछ ।

प्रक्रियोगितामा जिल्लाका १२ वटा विद्यालयका टिमले सहभागीता जनाएका छन् । लिग चरणको प्रतियोगितामा १५ वटा खेल हुने सुर्खेत क्रिकेट संघका अध्यक्ष श्रीधर के।सी ले बताए । उनका अनु्सार भोलीबाट सुरु भएको प्रतियोगिता यही बैशाख २९ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगिता वीरेन्द्रनगर स्थित कालिनचौक किकेट मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेता टिमले ५१ हजार १११ रुपैंया पुरस्कार पाउनेछ । भने उप–विजताका लागि २५ हजार १११ रुपैंया पुरस्कार घोषणा गरिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई सम्मान स्वरुप १ हजार र उत्कृष्ट बलर, ब्याटम्यान र सिरीस घोषणा हुनेलाई समान २ हजार ५०० रुपैंया पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यो प्रतियोगितााट सुर्खेतको पुरुष यू–१६ क्रिकेट टिम छनोट गरिनेछ ।

मंगलबार, बैशाख २३, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४