ज्वाला अपडेट

२० मिनेटutes अगाडि

सुर्खेत । सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् । प्रहरीले वीरेन्द्रनगर नगरपालिका ४ जिरो ड्यामस्थित एक घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शुक्रबार राति करिब ११ः५० बजे प्रशान्त शाहीको घरमा जुवातास खेल भइरहेको गोप्य सूचनाका आधारमा संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो । कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र कर्णाली प्रदेश प्रहरी गण सुर्खेतबाट खटिएको ४५ जनाको प्रहरी टोलीले खानतलासी गर्दा जुवा खेलिरहेका १७ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट २८ बुक तास (२४ बुक नखुलेको र ४ बुक खुलेको) लङ्गुरबुर्जा खेल्ने ६ वटा गोटी तथा नगद एक लाख पाँच हजार ६ सय ७० रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका व्यक्तिहरूलाई मंसिर २१ गते बिहान २ः३० बजे जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अछामको तुर्माखाँद गाउँपालिका १ का पवन रावल, अछाम तुर्माखाद(१ का टोपेन्द्र थापा,
तुर्माखाद १ का कुलबहादुर रावल, बर्दियाको बारबर्दिया नगरपालिका ६ का ३२ वर्षीय नरेश लामिछाने, दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका ९ का रामबहादुर साउद, चामुण्डा बिन्द्रासैनी ९ का ४८ वर्षीय पदम सार्की, चामुण्डा बिन्द्रासैनी ४ का ज्ञानेन्द्र शाही, चामुण्डा बिन्द्रासैनी ७ का दिपेन्द्र शाही पक्राउ परेका छन् ।

यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ५ का कुलबहादुर सुनार, वीरेन्द्रनगर ३ का लक्ष्मी शाही, वीरेन्द्रनगर ३ का उपेन्द्र बोहोरा, दैलेखको ठाटीकाँध गाउँपालिका ५ का हिमाल शाही, ठाटीकाँध ५ का राजकुमार शाही, ठाटीकाँध ५ का प्रकाश शाही, पर्ज कठायत र भरत शाहीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शनिबार, कार्तिक २२, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१