सुर्खेतको बराहताल गाउँपालिका–७ स्याउलेस्थित पानीडाँडा सामुदायिक वनबाट प्रहरीले ८ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो करिब ४ बजे सामुदायिक वन क्षेत्रमा खोजतलास गर्ने क्रममा बन्दुक फेला पारेको हो।प्रहरीका अनुसार बरामद गरिएका बन्दुकमध्ये ३ थान बेसाबुत र ५ थान साबुत रहेका छन्। बेवारिसे अवस्थामा फेला परेका उक्त बन्दुकहरू प्रहरीले सोही दिन साँझ करिब ८ बजे इलाका प्रहरी कार्यालय बाबियाचौरमा ल्याएको जनाएको छ।बरामद बन्दुकका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
शुक्रबार, कार्तिक २१, २०८३मा प्रकाशित गरिएको



