सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रहेको सिटी स्क्यान मेसिन दुई महिना देखि थला परेको छ । गत चैत्र ८ गते बिग्रिएको सिटी स्क्यान मेसिन अस्पतालले चासो नदिदाँ बनाउनमा ढिलाई भएको हो र बिरामीले निजी अस्पतालमै पुगेर सेवा लिन बाध्य भएका छन् । प्रदेशकै ठूलो सरकारी अस्पतालमा सिटी स्क्यान मेसिन नहुँदा बिरामी निजी अस्पताल जान […]
डेंगु एक प्रकारको भाइरल रोग हो, जुन मनसुनसँगै धेरै फैलिरहेको छ । यो रोग मुख्यतया एडिस प्रजातिको एडिस एजिप्टाई र एडिस अल्बोपिक्टस नामक लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । डेंगु कोभिडजस्तो एक व्यक्तिबाट अर्कोमा सिधै सर्दैन, यो रोग एडिस लामखुट्टेको टोकाइले एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । यो लामखुट्टेले विशेष गरी दिउँसोको समयमा टोक्ने गर्छ । […]
वैवाहिक जीवनमा खुसी रहन यौन जीवनको पनि अहम् भूमिका हुन्छ । तर उमेर ढल्किंदै जाँदा शरीरमा आउने परिवर्तनले यौन जीवनलाई पनि प्रभावित पार्न सक्छ । जसको असर मानसिक र शारीरिक सम्बन्ध दुवैमा पर्छ । महिलामा यौनलाई लिएर परिवर्तन आउने कारणमध्ये एक हुनसक्छ, फिमेल सेक्सुअल अराउजल डिसअर्डर । के हो ‘फिमेल सेक्सुअल अराउजल डिसअर्डर’ ? महिलामा यौनको […]
भनिन्छ, राम्रो स्वास्थ्यका लागि खाना र व्यायाम जत्तिकै आराम पनि आवश्यक हुन्छ । मान्छे अधिकांश समय क्रियाशील हुन्छ, कडा मेहनत गरिरहेको हुन्छ । यसरी क्रियाशील हुँदा प्रतिमिनेट हजारौंको संख्यामा कोषिकाहरु नष्ट हुन्छन् । दिनभरि काम गर्दा लाखौंको संख्यामा कोषिका नष्ट हुन्छ । कोषिका नष्ट हुनेसँगै थोरै मात्रामा निर्माण पनि हुन्छ तर धेरै ऊर्जा काममा खर्च […]
सुर्खेत । पछिल्लो समय सुर्खेत जिल्लामा स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरुको संख्या बढेको छ । जनस्वास्थ्य सेवा कार्यालयको तथ्यांकले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या बढेको देखाएको हो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म सुर्खेतमा कुल २ हजार २ सय ७० जना महिला सुत्केरी भएका छन् । त्यसमध्ये ९७ जना महिला घरमा सुत्केरी भएका छन् […]
सुुर्खेत । सुर्खेतमा अत्याधिक गर्मी बढेपछि वीरेन्द्रनगरभित्रका विद्यालयहरु आइतबारदेखि बन्द हुने भएका छन् । गर्मी बढेको भन्दै नीजि विद्यालयहरुको छाता संगठन प्याव्सनले यही २० गते आइतबारदेखि एक हप्तासम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । आज वीरेन्द्रनगरको तापक्रम करिब ४० डिग्री मापन भएको छ । गर्मीले बालबालिकाहरुको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै संस्थागत विद्यालय बन्द […]
काठमाडौं । अघिल्ला वर्षमा महामारीकै रूपमा फैलिएको डेङ्गु रोगको सङक्रमण यस वर्ष पनि प्रकोपकै रूपमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्ममा देशका ६१ जिल्लामा डेङ्गु रोग सङक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत डेङ्गु रोग नियन्त्रण प्रमुख डा. गोकर्ण दाहालले यस वर्ष डेङ्गुको सङ्क्रमण तीव्र रूपमा फैलिएको बताए […]
सुर्खेत । सुर्खेतमा फागुन १३ गतेदेखि फागुन २५ गतेसम्म दादुर रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जिल्लाका ९ वटै स्थानीय तहहरूमा दुई चरणमा खोप अभियान सञ्चालन गर्न जानकारी दिएको हो । पहिलो चरणमा फागुन १३ गतेदेखि १५ गतेसम्म सुर्खेतका पाँच वटा पालिकामा र दोस्रो चरणमा फागुन २१ गतेदेखि २५ […]
जाजरकोट । जिल्लाको रामिडाँडा केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते गएको भूकम्पका कारण जिल्लाका एक लाख २८ हजार ९१७ जना प्रभावित भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय तथ्याङ्कअनुसार भूकम्पपछि प्रभावित जोखिम जनसङ्ख्या २२ हजार २०६ रहेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार पाँच वर्षमुनिका १२ हजार ४०४ बालबालिका प्रभावित […]
सुर्खेत । कर्णाली प्रदेशका नाै जिल्ला सहित देशभरका ५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोभिड १९ विरुद्धको फाइजर खोप दिइँदै छ । कर्णाली प्रदेशका पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, दैलेख, जाजरकोट तथा सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालिबालिकालाई फाइजर खोप दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ […]