भनिन्छ, राम्रो स्वास्थ्यका लागि खाना र व्यायाम जत्तिकै आराम पनि आवश्यक हुन्छ । मान्छे अधिकांश समय क्रियाशील हुन्छ, कडा मेहनत गरिरहेको हुन्छ । यसरी क्रियाशील हुँदा प्रतिमिनेट हजारौंको संख्यामा कोषिकाहरु नष्ट हुन्छन् । दिनभरि काम गर्दा लाखौंको संख्यामा कोषिका नष्ट हुन्छ ।

कोषिका नष्ट हुनेसँगै थोरै मात्रामा निर्माण पनि हुन्छ तर धेरै ऊर्जा काममा खर्च भएको हुनाले नष्ट भएको कोषिकाको ठाउँमा नयाँ कोषिका बन्न पाउँदैन । तर जब हामी आराम गर्छौं, त्यो बेला ऊर्जा खर्च हुँदैन र शरीरले नयाँ कोषिका बनाउन पाउँछ ।

दिनभरि काम गरेर अर्को दिन कामका लागि ऊर्जा प्राप्त गर्न आरामको आवश्यकता पर्छ । आराम शरीरका लागि धेरै महत्त्वपूर्ण हुन्छ, यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र रोगहरूबाट बचाउँछ । शरीरलाई ऊर्जा दिन पनि आराम पनि आवश्यक हुन्छ, यदि शरीर र दिमागलाई ऊर्जा दिने हो भने आराम गर्नुपर्छ । आरामले शरीरलाई ऊर्जा दिन्छ र थकित नभई लामो समयसम्म काम गर्न सकिन्छ । यदि काम मात्र गरियो आराम गर्ने समय छुट्याइएन भने स्वास्थ्य समस्या निम्तन सक्छ ।

तनाव कम गर्न पनि आराम चाहिन्छ । तनाव कम गर्न चाहनुहुन्छ भने अवश्य आराम गर्नुपर्छ । एकाग्रता तथा शक्ति बढाउन आराम आवश्यक पर्छ, एकाग्रताका लागि शरीर र मनलाई शान्त बनाउन आवश्यक छ, यदि मन शान्त छैन भने कुनै पनि काममा एकाग्र हुन सकिंदैन ।

चिन्तामणि गौतम, योग प्रशिक्षक

स्वस्थ रहन समय(समयमा खाना खानुपर्छ भनिरहँदा खाना खान भोक पनि लाग्नुपर्‍यो । त्यस्तै शरीरलाई आराम चाहिन्छ भनिरहँदा आराम आवश्यक पनि हुनु जरुरी छ । त्यसका लागि शरीरलाई परिचालन गर्नु क्रियाशील राख्नुपर्छ । आरामको अर्थ सुत्नु वा पूर्ण निद्रा मात्र होइन, शरीर र दिमागलाई धेरै तरिकाले आरामको आवश्यक हुन्छ ।

स्वस्थ रहन तीन प्रकारको आराम चाहिन्छ

शारीरिक आराम

शरीरलाई हरेक दिन आराम चाहिन्छ । शारीरिक आरामलाई पनि दुई भागमा विभाजित गर्न सकिन्छ । एउटा छोटो अवधिको आराम र अर्को लामो अवधिको आराम । छोटो अवधिको आराम भन्नाले कामको अवधिमा हुने चिया ब्रेक, खाजा ब्रेक आदि हो । त्यो बेला पनि कामबाट केही आराम मिल्दा शरीरमा केही ऊर्जा संगठित हुन्छ । सक्रिय अवस्थामा योग, स्ट्रेचिङ वा कुनै मसाज थेरापी गरेर शरीरलाई आराम दिन सकिन्छ ।

अर्को लामो अवधिको आराम भन्नाले दिनभरि कामको थकान छोटो समयको आरामबाट मेटिंदैन, त्यसैले प्रकृतिले नै रात बनाएको छ रातको समयमा आराम गर्नुपर्छ । हरेक दिन सातदेखि आठ घण्टा सुत्नुपर्छ । निदाएको अवस्थामा मानव शरीरका सबै प्रणालीको नवीकरण हुन्छ । निद्रा पुगेन भने तिनमा असर पर्छ । लामो समयको आरामले क्षति भएका कोषिकाहरु बन्ने, ऊर्जा प्रदान गर्ने, शरीरको रोगप्रतिरोधात्मक क्षमता बढ्ने हुन्छ ।

मानसिक आराम

अरुको बारेमा धेरै सोच्ने, मैले यो गर्न सकिन त्यो गर्न सकिन भनेर चिन्ता गर्ने गरियो भने मन थाक्छ । जसकारण टाउको दुख्ने, डर लाग्ने, चिडचिडापन महसुस हुनसक्छ । यस्तो अवस्थामा मानसिक आराम चाहिन्छ ।

मानसिक आरामका लागि सकारात्मक सोच राख्नुपर्छ, नराम्रो परिस्थिति सिर्जना भएको छ भने त्यसबाट बाहिर निस्कने उपाय खोज्नुपर्छ र विचारलाई कम गर्नुपर्छ ।

मानसिक आरामका लागि पनि समय–समयमा आफ्नो लागि समय छुट्याउनुपर्छ । गहिरो सास लिने र दैनिक ध्यान गरेर मनलाई मस्तिष्कलाई आराम दिन सकिन्छ ।

रचनात्मक आराम

रचनात्मक विश्राम भनेको मनपर्ने काममा समय दिनु हो र त्यसबाट प्राप्त हुने आनन्द वा आरामलाई रचनात्मक विश्राम भनिन्छ । दैनिकको भागदौडले गर्दा हामीभित्र लुकेको कलालाई बाहिर ल्याउने समय पाइँदैन ।

धेरै मानिसहरु चित्रकला, नृत्य, संगीतमा रुचि राख्छन् तर समयको कमीले गर्दा आफ्नो रुचिको विषयमा समय दिन पाउँदैनन् । तर आफ्नो रुचि भएको विषयका लागि समय निकाल्दा मानसिक स्वास्थ्यमा सुधार हुन्छ र मानिक स्वास्थ्य राम्रो हुँदा शरीर पनि राम्रो हुन्छ ।

उपवास बस्नु पनि शरीरलाई आराम दिनु हो

समय(समयको विश्राम र निद्राले जसरी हाम्रो शरीरलाई आराम दिन्छ त्यसरी नै उपवासले पाचन प्रक्रियालाई आराम दिन्छ । यसबेला शरीरले खाना पचाउने कामबाट मुक्ति पाउँछ । यही मौकामा शरीरले आफ्नो शुद्धीकरण गर्न थाल्छ । निरन्तर खाना खाइरहेको बेलामा शरीरले पूर्ण रुपमा पचाउन सकिरहेको हुँदैन । त्यही नपचेको खाना वा शरीरमा जम्मा भएर बसेको विकारलाई नष्ट गर्ने र शुद्ध पार्ने काम उपवासका बेला शरीरले गर्न पाउँछ । जसले गर्दा शरीरमा खराब कोलेस्टेरोल र बोसो जम्मा हुन दिंदैन । पेटलाई सधैं स्वस्थ र हलुका बनाउँछ ।

आराम नपुग्दा निम्तिन सक्छ यी समस्या

शरीरलाई प्रयाप्त मात्रामा आराम पुगेन भने शरीरको पूर्णनिर्माणको काम राम्ररी हुँदैन, जसले गर्दा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । रोगप्रतिरोधमत्मक क्षमता कमजोर भयो भने शरीरले बाहिरको संक्रमणसँग लड्न सक्दैन ।

शरीरलाई आराम पुगेन भने दैनिक गतिविधिमा नै असर पुग्छ । आराम नपुग्दा थकान, एकाग्रताको अभाव, दिक्क लाग्ने, तनाव बढ्ने र दैनिक कार्य शैलीलाई नै असर गर्छ । आरामको कमीले मोटोपन, उच्च रक्तचाप, मधुमेह जस्तो समस्या समेत निम्तिन सक्छ ।

बिहिबार, साउन ०३, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको सेतु फ्लिमस् एण्ड टेलिभिजन नेटवर्क प्रा.लि द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं : 336933/80/081

हाम्रो टीम

प्रकाशक : सेतु फ्लिमस् एण्ड टेलिभिजन नेटवर्क प्रा.लि
प्रबन्धक : राजेश कुमाल ९७६५८०२०८९
सम्पादक : कोमल शाही ९८४८२१४६५८
डेस्क सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला । मो. ९८५८०२८९५७

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957