सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रमा सडकमा बस्‍ने बालबालिकाले पैदल यात्रुहरूलाई सास्ती दिँदै आएको स्थानीयले बताएका छन् । वेवारिसे अवस्थामामा रहेका ती बालबालिकाले यात्रुसँग जबर्जस्ती पैसा माग्ने, दुर्व्यवहार गर्ने, गाली गलौज गर्ने तथा गल्ली गल्लीमा समूह बनाएर हिँड्ने जस्ता गतिविधि बढ्दै गएको छ ।

आर्थिक अवस्था कमजोर भएका र आमाबुबा कामको सिलसिलामा बाहिर रहँदा सडकमा आश्रित बनेका यी बालबालिकामध्ये धेरैजना लागुपदार्थ ‘सोलुसन’ सेवनको लतमा फसिरहेको स्थानीय स्रोतले जनाएका छन् । नशा सेवन गर्दै सडकमा मात्तिने गरी हिँडडुल गर्ने उनीहरूले सर्वसाधारणलाई थप त्रसित बनाएको छ ।

स्थानीयको भनाइअनुसार, बजार क्षेत्र विशेषगरी भीडभाड हुने स्थानमा पैदल यात्रुबाट जबर्जस्ती रकम असुल्ने तथा व्यवहारिक दुव्र्यवहार गर्ने घटनाहरू बढिरहेका छन् । बालसुरक्षा, पुनर्स्थापना तथा अभिभावकको जिम्मेवारीबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै स्थानीयले यथाशीघ्र प्रभावकारी कदम चाल्न माग गरेका छन् ।

तस्विर : फाइल फाेटाे

शुक्रबार, मंसिर १३, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४