सुर्खेत । सुर्खेतमा बालकिा जवरजस्ती गरेको आरोपमा होल्टेल सञ्चालक पक्राउ परेका छन् । पञ्चपुरी नगरपालिका ५ मा सुर्खेतमा रहेको श्री सरस्वती विद्या निकेतन इङ्लिस बोर्डिङ स्कुलको होस्टल संचालक महेन्द्र अर्याल एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।
अर्यालले सोही होस्टलमा बस्ने र कक्षा ५ मा अध्ययनरत १२ वर्षीया बालिकामाथि मंसिर ३ गते राती जबरजस्ती करणी गरेको आरोप लागेको प्रहरीले बताएको छ । बालिकालाई ललाइफकाई जबरजस्ती करणी गरी फरार भएको भन्दै आफन्तबाट इलाका प्रहरी कार्यालय बाबियाचौरमा जानकारी आएपछि प्रहरीले खोजतलास थालेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गएराती १२ बजे तिर ४० वर्षिय अर्याललाई पञ्चपुरी १ बाचकाँडा भन्ने स्थानमा लुकिछिपि बसेको अवस्थामा नियन्त्रणमा लिएको हो । पक्राउ परेका अर्याललाई अहिले इलाका प्रहरी कार्यालय बाबियाचौरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मंगलबार, मंसिर १०, २०८२मा प्रकाशित गरिएको



