सुर्खेत । पछिल्लो समय सुर्खेत जिल्लामा स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरुको संख्या बढेको छ । जनस्वास्थ्य सेवा कार्यालयको तथ्यांकले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या बढेको देखाएको हो ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म सुर्खेतमा कुल २ हजार २ सय ७० जना महिला सुत्केरी भएका छन् । त्यसमध्ये ९७ जना महिला घरमा सुत्केरी भएका छन् । पहिलेको तुलनामा पछिल्लो समय स्वास्थ्य संस्थामा सुत्केरी हुने संख्यामा बृद्धि भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।


यस्तै सुर्खेतको वीरेन्द्रनगमा भने घरमा सुत्केरी हुनेको संख्या शुन्य रहेको छ । तथ्यांक अनुसार चालु वर्षको जेठमसान्तसम्म वीरेन्द्रनगरमा एक हजार दुई सय ३३ जना महिला स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् । चौकुने गाउँपालिकामा २ सय १२ जना महिला सुत्केरी भएका छन् । जसमध्ये ४१ जना घरमै सुत्केरी भएका छन् । तथ्याक अनुसार सिम्तामा १ सय ८७ सुत्केरी मध्ये ३ जना, चिंगाडमा ७९ मध्ये ३ जना, लेकवेशीमा ७६ जनामध्ये ६ जना र गुर्भाकोटमा २ सय ५८ मध्ये ५ जना महिला घरमा सुत्केरी भएका हुन् । भेरीगंगामा ३ सय ३१ जना मध्ये १३ जना, बराहतालमा १ सय २६ मध्ये १९ जना, पञ्चपुरीका २ सय ६८ मध्ये ७ जना घरमै सुत्केरी भएका छन् ।

जनस्वास्वास्थ्य सेवा कार्यालयका सहायक तथ्याक अधिकृत उपेन्द्र रेगामीले घरमै सुत्केरी हुनेको दर घट्दै गएको र स्वास्थ्य संस्थामा सुत्केरी हुने दर बढ्दै गएको बताए । नियमित जाँच र सुरक्षित सुत्केरी सेवा लिनेको संख्या बढेसँगै महिलाहरु पनि सुरक्षित हुने गरेको उनको भनाई छ ।

बिहिबार, आषाढ २८, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४