काठमाडौं । सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेका पत्रकार आशिष मल्ल ठकुरी (धर्मराज मल्ल) लाई तारेख वा हाजिर जमानीमा छाड्न परमादेश जारी गरेको छ ।

केही दिनअघि जनआस्था साप्ताहिकमार्फत सार्वजनिक भएको टेलिफोन संवादमा पत्रकार मल्ल र अर्का पत्रकार हेमन्त चौधरीबीच भएको कुराकानी सुनिएको थियो । उक्त संवादमा चौधरीले आफूलाई एक सांसदको अघोषित प्रेस सल्लाहकारका रूपमा प्रस्तुत गर्दै कारागार व्यवस्थापन विभागदेखि गृह मन्त्रालयसम्मका विभिन्न नियुक्तिमा करोडौँ रुपैयाँको लेनदेन हुने गरेको दाबी गरेका थिए ।

उक्त अडियो सार्वजनिक भएपछि प्रहरीले मल्ललाई नियन्त्रणमा लिएको थियो। यद्यपि, अडियोमा विभिन्न दाबी गर्ने चौधरीको अवस्थाबारे प्रहरीले हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

मल्ललाई प्रहरीले नियन्त्रणमा लिएपछि उनकी श्रीमती भावना बुढाले गृह मन्त्रालयसमेतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय नृपध्वज निरौला र शान्तिसिंह थापाको संयुक्त इजलासले मल्ललाई तारेख वा हाजिर जमानीमा छाड्न परमादेश जारी गरेको हो ।

निवेदक पक्षले मल्लले कुनै कसुर नगरेको अवस्थामा असोज ८ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि दुई दिनको म्याद थप गरी थुनामा राखिएको भन्दै त्यसबाट उहाँको मौलिक हकमा असर परेको जिकिर गरेको थियो ।

सरकारी पक्षले भने राष्ट्रसेवक कर्मचारीमाथि अभद्र व्यवहार गरेको कसुरमा कानुनबमोजिम पक्राउ गरी अनुसन्धानका लागि म्याद थप गरिएको भन्दै रिट खारेज गर्न माग गरेको थियो ।

तर सर्वोच्च अदालतले अनुसन्धानका क्रममा असोज ८ गतेको प्रहरी प्रतिवेदनका आधारमा घटनास्थल मुचुल्का तयार गर्ने तथा मल्लको बयान लिनेलगायतका कार्य सम्पन्न भइसकेको उल्लेख गरेको छ ।

अनुसन्धानबाट अभियोजन गर्नुपर्ने अवस्था देखिए असोज १५ गतेभित्रै अभियोजन गर्नुपर्ने र आरोपको प्रकृति हेर्दा मल्ललाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको सर्वोच्चको आदेशमा उल्लेख छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ प्रयोग गर्दै सर्वोच्चले मल्ललाई असोज १५ गते नै हाजिर जमानी वा तारेखमा छाड्न विपक्षीका नाममा परमादेश जारी गरेको हो ।

मल्लका तर्फबाट अधिवक्ताहरू त्रिलोकबहादुर चन्द, राजिव वास्तोला, गणेश गिरी, प्रमोदकुमार राय, प्रकाश सिंह विष्ट र विश्वेश्वरप्रसाद ढकालले बहस गरेका थिए ।

विपक्षीका तर्फबाट उपन्यायाधिवक्ता दशरथ पंगेनीले बहस गरेका थिए ।

शनिबार, आश्विन १७, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१