ज्वाला अपडेट

१ घन्टा अगाडि

सुर्खेत । सुर्खेतमा आयोजित एक्सट्रिम तेस्रो हाफ म्याराथन प्रतियोगिताको उपाधि जुम्लाका राजन रोकायले जितेका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग तथा मिड वेस्टर्न फिटनेस सेन्टरको आयोजनामा सम्पन्न प्रतियोगितामा रोकायले २१ किलोमिटर दूरी एक घण्टा नौ मिनेट ३१ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरेका हुन् । उपाधिसँगै उनले नगद एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

एक्सट्रिम इनर्जी ड्रिङ्क्सको टाइटल स्पोन्सर रहेको प्रतियोगितामा कालीकोटका विनोद रोकाय दोस्रो तथा सशस्त्र प्रहरी बल ९एपीएफ० का गोपिचन्द्र पार्की तेस्रो स्थानमा रहे ।

महिलातर्फको १० किलोमिटर दौडमा धादिङकी सन्तोषी श्रेष्ठ विजेता बनिन् । उनले निर्धारित दूरी ३६ मिनेटमा पूरा गरिन् । जुम्लाकी पूर्णलक्ष्मी न्यौपाने दोस्रो र बाजुराकी सिर्जना पाण्डे तेस्रो स्थानमा रहिन् । यस्तै, महिलातर्फको पाँच किलोमिटर दौडमा सुर्खेतकी कृष्णा रानाले प्रथम स्थान हासिल गरिन् । उनले उक्त दूरी २० मिनेटमा पूरा गरेकी थिइन् । पुरुषतर्फको ५ किलोमिटर दौडमा कालीकोटका अनिल शाही विजेता बने ।

प्रतियोगिताका विजेता खेलाडीहरूलाई वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिन् । ‘दौडिन्छ कर्णाली’ भन्ने नारालाई सार्थक बनाउन कर्णाली प्रदेश खेलकुद विकास परिषद्को पहलमा मिड वेस्टर्न फिटनेस सेन्टरले विगत दुई वर्षदेखि प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालन गर्दै आएको जनाएको छ ।

प्रतियोगिताले कर्णालीमा खेलकुद गतिविधिको विस्तार र धावकहरूको प्रोत्साहनमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास छ ।

सोमबार, आषाढ ०८, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१