सुर्खेत । नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक क्यालेण्डर अनुसार सुर्खेत जिल्ला क्रिकेट संघको आयोजनामा मंगलबारदेखि विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगीता हुने भएको छ ।

प्रदेशस्तरको छनौट चरणमा प्रतिनिधित्व गर्ने सुर्खेत जिल्लाको टिम छनौटका लागि हुन लागेको प्रतियोगीतामा सुर्खेतका २३ वटा विद्यालय सहभागी हुनेछन् ।

सुर्खेत जिल्लाको विजयी टोलीले केही समयपछि हुने प्रदेशस्तरको विद्यालयस्तरीय प्रतियोगिता र त्यसलगत्तै हुने राष्ट्रियस्तरको प्रतियोगिता खेल्ने संघले जनाएको छ । संघका अध्यक्ष श्रीधर केसीका अनुसार सहभागी हुने विद्यालयहरुलाई चार वटा ग्रुपमा विभाजन गरेर खेल खेलाइनेछ ।

‘कालुङचोक मैदान र वीरेन्द्रनगर मैदानमा दैनिक चार वटा म्याच खेलाइनेछ,’ अध्यक्ष केसीले भने, ‘समूह चरणमा प्रत्येक विद्यालयले दुई म्याच खेल्नेछन् ।’
समूह ‘ए’मा सुर्खेत मोडेल कलेज, हार्भेष्टमुन एकेडेमी, बुलबुले भेरी एकेडेमी, स्टेट स्कुल अफ सुर्खेत, शिद्धार्थ पाठशाला र आदर्शराज स्कुल छन् । यस्तै समूह ‘बी’मा उषा बालबालिका स्कुल, माउण्ट एभरेष्ट स्कुल, जन नमूना मावि, चिल्ड्रेन प्याराडाइज, एओएस हर्मन माइनर स्कुल र सनसाइन एकेडेमी छन् ।

समूह ‘सी’मा भ्याली मेरिडियन एकेडेमी, प्रज्ञा पाठशाला, इगरब्रीज स्कुल, स्यालेन्डाइन एकेडेमी, ब्राइटल्याण्ड एकेडेमी र साउथ एसियन स्कलर्स एकेडेमी छन् भने समूह ‘डी’मा ग्रीनल्याण्ड एकेडेमी, डिभी निकेतन, नेपाल पुलिस स्कुल, नासा एकेडेमी र सुर्खेत होराइजन एकेडेमी छन् ।

अध्यक्ष केसीका अनुसार प्रतियोगीताको उपाधि जित्ने विद्यालयले ५१ हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने दोस्रो हुने विद्यालयले २५ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । यस्तै प्रतियोगीताको अवधिभर उत्कृष्ट व्याटिङ र बलिङ गर्ने खेलाडीलाई तीन–तीन हजार पुरस्कार दिइनेछ भने प्रत्येक दिन प्लेयर अफ दि म्याच हुनेलाई एक हजार रुपैयाँ प्रदान गरिनेछ ।

सोमबार, आषाढ ०१, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१