सुर्खेत । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी चैत ७ गतेदेखि सुरु हुँदैछ । देशकै प्रतिष्ठित यस प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहनेछ भने खेलहरू काठमाडौं, जनकपुर र पर्सामा सञ्चालन हुनेछन् ।

यही प्रतियोगितामा सहभागिता जनाउने कर्णाली प्रदेशको टोलीलाई आज औपचारिक रूपमा विदाइ गरिएको छ । कर्णाली प्रदेश क्रिकेट संघद्वारा आयोजित विदाइ कार्यक्रममा खेलाडीहरूलाई सफलताको शुभकामना दिँदै उच्च मनोबलका साथ मैदानमा उत्रिन आग्रह गरिएको छ ।

कार्यक्रममा संघका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश क्रिकेट संघका सचिव श्रीधर केसीले कर्णालीको नाम जितसँग जोड्न खेलाडीहरूलाई सुझाव दिँदै उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गरे । अनुशासन, आत्मविश्वास र टिमवर्क नै जितको आधार हुने उनले उल्लेख गरे ।

यस्तै, प्रतियोगितामा सहभागी खेलाडीहरूले कर्णालीको नाम स्वर्ण अक्षरमा लेखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । टोलीका कप्तान दिवान पुनले यसपटक कर्णालीले राष्ट्रिय प्रतियोगितामा सम्मानजनक स्थान हासिल गर्ने विश्वास व्यक्त गरे ।

प्रतियोगिता नजिकिँदै गर्दा कर्णाली टोली उत्साह र आत्मविश्वासका साथ तयारीमा जुटेको छ। अब मैदानमा देखिने प्रदर्शनले नै उनीहरूको लक्ष्य कत्तिको सफल हुन्छ भन्ने तय गर्नेछ ।

बिहिबार, चैत्र ०५, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१