ज्वाला अपडेट

१८ घन्टा अगाडि

काठमाण्डौं । लोकेश बमको साहसका बावजुद नेपाल ट्वान्टी–२० विश्वकपमा आइतबार इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । लोकेशले २० बलमा ३९ रन बनाए पनि १ सय ८५ रनको लक्ष्य लिएर आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ८० रनमात्र बनाउन सक्यो ।

मुम्बईको वानखडे रंगशालामा उपस्थित १७ हजार मध्ये अधिकांश नेपाली समर्थक नेपाली रहेका थिए । त्यही नेपालले अन्तिम बलसम्म इंग्ल्यान्डको प्रतिरोध गरेको थियो । लोकेशले ४ चौका र २ छक्का प्रहार गरे पनि अन्तिम २ बलमा बाउन्ड्री प्रहार गर्न नसक्दा नेपाल ट्वान्टी–२० विश्वकपमा टेस्ट राष्ट्र सामु विजयको मुखमा पुगेर रोकिएको थियो ।

अन्तिम ओभरमा विजयका लागि १० रन चाहिने अवस्थामा नेपालले ५ रनमात्र बनाउन सक्यो ।

कुशल भुर्तेल र आसिफ शेखले ४ ओभर भित्र ३७ रन जोडेर नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । एक चौका प्रहार गरेका आसिफ ९ बलमा ७ रन बनाई आउट भए । दोस्रो ओभर देखि निकै आक्रामक खेलेका कुशलले १७ बलमा २९ रन बनाए । उनले ४ चौका र १ छक्का प्रहार गरे ।

कप्तान रोहित पौडल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटमा ५४ बलमा ८२ रनको साझेदारी गरि नेपालको सम्भावना देखाएका थिए । दीपेन्द्र २९ बलमा ४४ रन बनाई आउट भए । सोक्रममा उनले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा २ हजार रन पुरा गरेका थिए । उनी नेपालबाट ट्वान्टी–२० मा सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

उनले ६ चौका र १ छक्का प्रहार गरे । रोहितले ३४ बल खेलि समान २ चौका र छक्कासहित ३९ रन बनाए । आरिफ शेख १ छक्का प्रहार गरि ८ बलमा १० रन बनाई जोफ्रा आर्चरको बलमा आउट भए । गुलशन झा पनि १ रनमै आउट भए ।

पहिलो परिवर्तनका रुपमा आएका लिएम डावसनले कसिलो बलिङ गरे । उनले ४ ओभरमा २१ रन खर्चेर आसिफ र रोहितको विकेट लिए ।

यसअघि ज्याकोब बेथेल र कप्तान हृयारी ब्रुकको अर्धशतकमा टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४ रन बनाएको थियो । बेथेलले कुशल भुर्तेलको बलमा लगातार दुई छक्का प्रहार गर्दै २ बलमा अर्धशतक पुरा गरेका थिए । उनले कुल ३५ बल खेलि समान ४ चौका र छकका प्रहार गर्दै ५५ रन बनाए ।

उनी ट्वान्टी–२० विश्वकपमा अर्धशतक बनाउने इंग्ल्यान्डका सबैभन्दा कान्छा खेलाडी पनि हुन् । उनले यो सफलता २२ वर्ष ३ महिना १६ दिनका दिन बनाएका थिए । यसअघि क्रेग किसवेटरले २२ वर्ष ५ महिना १८ दिनका अर्धशतक बनाएका थिए ।

ब्रुकले १९ ओभरको पहिलो बलमा नन्दन यादवलाई छक्का प्रहार गर्दै ३२ बलमा अर्धशतक पुरा गरेका थिए । अर्को बलमै नन्दनले ब्रुकलाई शेर मल्लबाट क्याच गराए । ब्रुकले ४ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाए ।

इंग्ल्यान्डले पावर प्लेमा २ विकेट गुमाई ५७ र १२ ओभरमा ३ विकेट गुमाई १ सय ६ रन बनाएको थियो । तर नेपालले त्यसपछि राम्रो पुनरागमन गरेको थियो । विशेष गरी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा २५ रनमात्र खर्चेर १ विकेट लिए । इंग्ल्यान्डले अन्तिम ५ ओभरमा ५० रन जोडेको थियो ।

सोमबार, माघ २७, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४