ज्वाला अपडेट

१ घन्टा अगाडि

सुर्खेत । सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिकास्थित मेहेलकुना बजारमा संयुक्त बजार अनुगमन गरिएको छ। मिति २०८३ असोज १६ गते बिहान ९ बजेदेखि दिउँसो २:३० बजेसम्म सञ्चालन गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका २० हजार ६९० रुपैयाँ बराबरका खाद्य तथा पेय पदार्थ जफत गरी नष्ट गरिएको छ।गुर्भाकोट नगरपालिकाको आयोजनामा तथा सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भएको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत, गुर्भाकोट नगरपालिकाको उद्योग शाखाका कर्मचारी, इलाका प्रशासन कार्यालयका प्रतिनिधि, नेपाल प्रहरीको टोली तथा पत्रकारहरूको सहभागिता रहेको थियो।अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्यान्न, जुस, हल्का पेय पदार्थ, घिउ, तेल, सुजी, मसला लगायतका सामग्री फेला परेका थिए। जफत गरिएका ती सामग्री गुर्भाकोट नगरपालिकाको खाली जग्गामा खाल्डो खनी नष्ट गरिएको जनाइएको छ।उपभोक्ताको स्वास्थ्यमा पर्न सक्ने सम्भावित जोखिम न्यूनीकरण तथा बजारमा गुणस्तरीय वस्तुको बिक्री–वितरण सुनिश्चित गर्ने उद्देश्यले गरिएको संयुक्त अनुगमनले व्यवसायीलाई म्याद नाघेका सामग्री बिक्री–वितरण नगर्न र उपभोक्ताको स्वास्थ्यप्रति जिम्मेवार बन्न सचेत गराएको छ।

शुक्रबार, आश्विन १६, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१