
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा तीन महनिामा १ सय ४७ अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन् । जेड ८ गते देखि भदौं ८ गतेसम्मको तथ्यांक अनुसार ७४ वटा फछ्र्योट भएका छन् भने ७३ वटा मुद्दा बाँकी छन् । घटनामा संलग्न १०८ जना पक्राउ परेका छन् भने ५३ जना फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले […]
सुर्खेत । नेपाल पत्रकार महासंघले नेपाल कर्म अनलाइनका सम्पादक तथा पत्रकार महासंघ सुर्खेत शाखाका उपाध्यक्ष सुशीलकुमार खड्काको चरित्रमा आघात पुग्ने गरी सामाजिक सञ्जाल र केही अनलाइन सञ्चारमाध्यममार्फत अनर्गल सामग्री सम्प्रेषण गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिअनुसार साउन १३ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरी अनुसन्धान अघि बढाएको […]
बाँके । लागुऔषध (ब्राउन सुगर) मुद्दामा सुर्खेत जिल्ला अदालतबाट कैद सजाय ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले बाँकेको नेपालगञ्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १ निवासी ३४ वर्षीय ‘राजु’ भन्ने कमरूदिन अन्सारी रहेका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय, सुर्खेत (हाल नेपालगञ्ज, बाँके) बाट फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी वरिष्ठ […]
सुर्खेत । कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वका अवसरमा भोलि (शुक्रवार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सूचना जारी गर्दै साउन १ गते कर्णाली प्रदेशभित्रका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्था बन्द रहने जनाएको हो । कर्णाली प्रदेश सरकारले प्रत्येक वर्ष साउने संक्रान्ति तथा देउडा पर्वका अवसरमा सार्वजनिक […]
काठमाडौं । सहआयोजक अमेरिकालाई हराउँदै बेल्जियम फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको सियाटल स्टेडियममा मंगलबार बिहान भएको खेलमा घरेलु टोलीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दे बेल्जियमले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । बेल्जियमको जितमा चार्ल्स डे केटलेरले दुई, हान्स भानकेन र रोमेलु लुकाकुले एक–एक गोल गरे । खेलको नवौं मिनेटमा […]
सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–४ बराइचे घर भएका ६८ वर्षीय रोजबहादुर शाहीको बस यात्राका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार शाही शुक्रबार बिहान ८:२० बजे सुर्खेत बसपार्कबाट लगामतर्फ जानका लागि खगेन्द्र थापाले चलाएको क.प्र.०२०० ख.०१९५ नम्बरको मिनीबसमा सवार भएका थिए । साँझ करिब ४:३० बजे चौकुने गाउँपालिका ३ बेतानस्थित राजु रामजालीको होटलमा पुगेका उनी राति […]
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका २१ वर्षीय साकिर बक्सको मृत्यु भएपछि घटनालाई लिएर निष्पक्ष र पारदर्शी छानबिनको माग तीव्र भएको छ । वीरेन्द्रनगर १०, पिपिरा निवासी बक्स चोरीको आशंकामा प्रहरी नियन्त्रणमा रहेका बेला मृत्यु भएको जनाइएको छ । घटनापछि मृतकका आफन्त तथा स्थानीयवासीहरूले मृत्युको कारणबारे गम्भीर प्रश्न उठाउँदै सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित […]
कर्णाली । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशका विभिन्न निर्देशनालयको पुनर्संरचना, लोपोन्मुख राउटे समुदायको मूलप्रवाहीकरण नीति तथा पूर्ण संस्थागत सुत्केरी सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वाधार विकास निर्देशनालय, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपन्छी विकास निर्देशनालय तथा उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयलाई जिल्ला […]
जाजरकाेट । जाजरकोटको शिवालय गाउँपालिकामा मोबाइल नेटवर्क सेवा घाम अस्ताएसँगै अवरुद्ध हुने गरेको छ । स्थानीयका अनुसार साँझ घाम अस्ताएलगत्तै मोबाइल नेटवर्क बन्द हुने र भोलिपल्ट बिहान घाम लागेपछि मात्र पुनः सुचारु हुने गरेको छ । पश्चिम जाजरकोट विकास समाज शिवालय गाउँपालिकाका कार्यक्रम व्यवस्थापक रामप्रसाद जैसीका अनुसार साँझ करिब ६ बजेदेखि नेटवर्क गायब हुने र […]
सुर्खेत । नेपाल विद्यार्थी संघ कर्णाली प्रदेश कार्यसमितिले विद्यार्थी तथा युवामैत्री नीति, कार्यक्रम तथा बजेट निर्माण गर्न कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । संघले शिक्षा, रोजगारी, सूचना प्रविधि, विपद् व्यवस्थापन तथा विद्यार्थी सुरक्षासम्बन्धी विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्दै सामाजिक विकास मन्त्रालय लाई ध्यानाकर्षण पत्र बुझाएको हो । पत्रमा सार्वजनिक शिक्षामा लगानी वृद्धि गर्दै प्रदेशको […]