सुर्खेत । कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वका अवसरमा भोलि (शुक्रवार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सूचना जारी गर्दै साउन १ गते कर्णाली प्रदेशभित्रका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्था बन्द रहने जनाएको हो ।
कर्णाली प्रदेश सरकारले प्रत्येक वर्ष साउने संक्रान्ति तथा देउडा पर्वका अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ ।

प्रदेश सचिव लक्ष्मीकुमार विकद्वारा जारी सूचनाअनुसार कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) ले २०८२ चैत २४ गते बसेको बैठकबाट साउने संक्रान्ति तथा देउडा पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि भोलि कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिइएको सचिव विकले जानकारी दिए ।
कर्णाली प्रदेश सरकारले प्रदेशको मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोडिएको देउडा पर्वलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष साउने संक्रान्तिका अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ ।
बिहिबार, आषाढ ३२, २०८३मा प्रकाशित गरिएको




