नेपाल पत्रकार महासंघले नेपाल कर्म अनलाइनका सम्पादक तथा पत्रकार महासंघ सुर्खेत शाखाका उपाध्यक्ष सुशीलकुमार खड्काको चरित्रमा आघात पुग्ने गरी सामाजिक सञ्जाल र केही अनलाइन सञ्चारमाध्यममार्फत अनर्गल सामग्री सम्प्रेषण गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिअनुसार साउन १३ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरी अनुसन्धान अघि बढाएको एक व्यक्तिसम्बन्धी समाचारलाई लिएर पत्रकार खड्कालाई लक्षित गर्दै असन्तुलित तथा उत्तेजनापूर्ण सामग्रीहरू प्रसारण गरिएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा अनुसन्धानकै क्रममा रहेको विषयमा पत्रकार खड्काको धारणा नलिई एकपक्षीय सामग्री प्रसारण गरिएको तथा प्रहरीले समेत अन्तर्वार्ता दिएर अभियुक्तलाई सहज रूपमा सार्वजनिक हुने वातावरण बनाएको आरोप लगाइएको छ।महासंघले शान्ति सुरक्षाको जिम्मेवारी वहन गर्ने निकायबाटै यस्तो गतिविधि हुनु निन्दनीय र खेदजनक रहेको जनाएको छ।

साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायसँग माग गरेको छ। महासंघले सञ्चारमाध्यम र पत्रकारलाई पत्रकारिता आचारसंहिताप्रति जिम्मेवार रहँदै सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्न पुनः आग्रह गरेको छ।

FB_IMG_1785647534375.jpg

आइतबार, साउन १७, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१