सुर्खेत । कर्णाली प्रदेशमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूले आफूहरूलाई अन्य कर्मचारीसरह सेवासुविधा उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षणपत्र बुझाएका छन् ।
मंगलवार सुर्खेतका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पेश गरिएको हो । ध्यानाकर्षण पत्रमा लामो समयदेखि कार्यालयमा स्थायी कर्मचारीसरह काम गर्दै आए पनि आफूहरू सेवा सुविधाबाट वञ्चित रहेको उल्लेख गरिएको छ ।

राज्यमा एउटै प्रकृतिको काम गर्ने कर्मचारीबीच विभेद नगर्न, प्रदेश तथा स्थानीय तहका कर्मचारीलाई उपलब्ध गराइएका स्थानीय भत्ता, महँगी भत्ता तथा सामाजिक सुरक्षा कोषलगायतका सुविधामा आफूहरूलाई पनि समेट्न माग गरिएको छ ।

त्यस्तै, सेवाबाट अलग हुँदा अन्य क्षेत्रमा कार्यरत समान प्रकृतिका कर्मचारीले पाउने सेवा सुविधा समेत आफूहरूले नपाउने अवस्था रहेको भन्दै समान व्यवहार र न्यायको व्यवस्था गर्न माग गरिएको छ ।

सर्वोच्च अदालतका परमादेश तथा फैसलाले सामाजिक सुरक्षा कोष, महँगी भत्ता, उपदान तथा औषधोपचार खर्चलगायतका सुविधासम्बन्धी विषय सम्बोधन गरे पनि सरकारले कार्यान्वयनमा बेवास्ता गरेको आरोप लगाइएको छ ।

सर्वोच्च अदालतले २०८२ भदौमा करार कर्मचारीलाई समेत महँगी भत्ता उपलब्ध गराउन परमादेश जारी गरेको समाचार सार्वजनिक भएको थियो ।

यसअघि सरकारले सरकारी सेवामा रहेका अस्थायी, करार र ज्यालादारी श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णयसमेत गरेको थियो ।

ध्यानाकर्षणपत्रमा कर्णाली प्रदेशका सम्बन्धित कर्मचारीहरूले राज्यबाट समानता, न्याय र समान सेवा सुविधाको सुनिश्चितता गर्न प्रधानमन्त्री समक्ष माग गरेका छन् । पत्रको अन्त्यमा ठूलो संख्यामा कर्मचारीहरूको हस्ताक्षर रहेको देखिन्छ ।

मंगलबार, आश्विन १३, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१