राहतको प्रतिक्षामा बाढीपिडित, यसपालीको बर्षात पनि पालमुनी

गोविन्द बिश्वकर्मा सुर्खेत । सुर्खेतका बाढी पिडित अझै राहत कुरेर बसेका छन् । बढीपिडित भएको ६ बर्ष भईसक्दा पनि पुनर्वास हुन नसक्दा पाल भित्र जीवन कटाएका पिडितले राहत कुरेर बसेका हुन् । वि.स २०७१ साल साउन अन्तिम साता परेको अविरल बर्षाका कारण सुर्खेतलाई बाढीले तहसनहस बनाएको थियो । लगातार दुई दिन रात परेको पानीले सुर्खेतलाई […]

जीतप्रसाद गुरुङ्ग बचाउ अभियान, बुधबार २९ हजार हस्तान्तरण

गोविन्द बिश्वकर्मा सुर्खेत । बिगत लामो समय देखि मृर्गौला रोगबाट ग्रसित जीतप्रसाद गुरुङ्ग बचाउ अभियान सुरु भएको छ । भारतमा लामो समय देखि रोजगारी गर्दै आएका वीरेन्द्रनगर नगरपालीका १२ गुरुङ्ग शारीरिक रूपमा अशक्त रहेको र हप्तामा दुई पटक डायलासिस गर्नु पर्ने भएकाले उनको सहयोगार्थ अभियान चलाईएको हो । परिवारको एक मात्र साहारा रहेका उनलाई रोगसंग […]

त्रिविका क्याम्पसहरु खुले

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु बुधबारबाट खुल्ने भएका छन् । साउन ६ गतेदेखि लकडाउन अन्त्य भएसँगै शिक्षक÷कर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएकाले साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु हुने त्रिविले जानकारी दिएको छ । क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय सन्चालन भने नहुने त्रिवि रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

१२० दिन पछि खुल्यो लकडाउन

काठमाण्डौं ।  कोभिड १९ कोरोना भाईरस संक्रमणका कारण सरकारले लागु गरेको लकडाउन बन्दाबन्दि १२० दिन अन्त्य गरेको छ । २०७६ साल चैत्र ११ देखि सुरु भएको लकडाउन बन्दाबन्दि १२० मंगलबार राति १२ बजेदेखि पूर्णरुपमा हट्ने गरी मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारले लकडाउनको अन्त्य भएको जनाएको हो । सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना […]

भदौ १ देखि आन्तरिक र अन्तरराष्ट्रिय उडान खुला गर्ने सरकारको तयारी

काठमाडौ । सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार उडान सम्बन्धी आवश्यक तयारी तथा प्रोटोकल (कार्यविधि) भने मन्त्रालयले तयार पार्नेछ । आन्तरिक […]

टीका सानुको स्वर र सलिना नेपालीको अभिनयमा “बेतैको डाली” बजारमा

सुर्खेत । अर्घाखाँची स्थायी ठेगाना भई काठमाडौमा बस्दै आएकि सलिना नेपाली पछिल्लो समय अभिनयमा जम्दै गएकि छन् । टीका सानुको स्वर र सलिना नेपालीको अभिनयमा तीज गित “बेतैको डाली” बजारमा आएको छ । दर्जन बढी गितमा अभिनय गरिसकेकि नेपालीले यस पहिला नै तीन दर्जन बढी गितमा स्वर दिसकेकि छन् । कोरोना भाईरस कोभिड १९ ले […]

मन्दिरमा पुजा गर्दै गरेकि महिलाको मृत्यू

सुर्खेत ।  सुर्खेतको बराहताल गाउँपालिका ८, भट्टेघाडीमा एक महिलाको पुजा गर्दै गर्दा मृत्यु भएको छ । सोमबार दिउँसो करिब १२ बजे तिर साउने सोमबारको अवसरमा मन्दिरमा जल चढाउने क्रममा सोही ठाउँ घर भएकी अन्दाजी ५० वर्षिय महिला लक्ष्मी शाहीको मृत्यु भएको हो । पुजा गर्नेक्रममा बेहोस भएकी उनको होस् नै नखुली मृत्यु भएको स्थानीय भैरव […]

गर्भवती भएपछि पेटमा ‘स्ट्रेच माक्र्स’ छ ? घरमै बनाउनुस् यस्तो औषधि

एजेन्सी । सामान्य वा शल्यक्रिया गरेर बच्चा जन्माएका महिलाहरुको पेटमा ‘स्ट्रेच माक्र्स’ बस्छ । गर्भवती भएको अवस्थामा पेटको छाला तन्किएर बसेको धर्साका कारण धेरै महिलाहरुलाई पछि निकै समस्या पर्ने गर्छ । गर्भवती भएको १३ देखि २१ हप्तामा पेटमा यस्तो धर्सा बस्न सक्छ । करिब ९० प्रतिशत महिलाहरुमा गर्भवती भएको समयमा पेट, तिघ्रा, पुठ्ठा र स्तनमा […]

के सेक्सको लत वास्तवमा एक रोग हो ? के सेक्सको लत मिथ हो ?

एजेन्सी – हामीले निकोटिन, रक्सी र लागुऔषधजस्ता नशालु पदार्थको लतलाई स्विकार गरेका छौं । यसले पुर्याउने क्षतीलाई पनि स्विकारेका छौं । तर यदि सेक्सको लतको कुरा आए विशेषज्ञको धारणा बाँडिएको छ । केहीले सेक्सको लतलाई स्विकारेका छन् भने कतिले अस्विकार गर्दै आएका छन् । सेक्सको लतलाई अहिले रोगको रुपमा लिइएको छैन त्यसकारण कति मानिसले यसका […]

दुव्र्यवहार गरे कारबाही गर्ने प्रशासनको चेतावनी,

सुर्खेत – जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोना कोभिड १९ लाई जितेर घर फर्किनेहरुमाथि विभिन्न हिंसा र दुव्र्यवहार गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । प्रशासनले वित्रप्ति जारी गरि क्वारेनटाईन आसपासका समुदायले कोरोना प्रभावितलाई दुव्र्यवहार गर्ने, कोरोना जितेर घर फर्किसकेका व्यक्तिलाई समेत घृणा गर्ने गरिएको भन्दै प्रशासनले कडा कारबाही गर्ने जानकारी दिदैं यस्तो अपमानजनक व्यवहार नगर्न सबैमा […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१