ज्वाला अपडेट

५ वर्ष अगाडि

काठमाण्डौं ।  कोभिड १९ कोरोना भाईरस संक्रमणका कारण सरकारले लागु गरेको लकडाउन बन्दाबन्दि १२० दिन अन्त्य गरेको छ ।

२०७६ साल चैत्र ११ देखि सुरु भएको लकडाउन बन्दाबन्दि १२० मंगलबार राति १२ बजेदेखि पूर्णरुपमा हट्ने गरी मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारले लकडाउनको अन्त्य भएको जनाएको हो ।

सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत ११ देखि लकडाउन अन्त्य भएपनि अझै केही क्षेत्रमा भदौ १ सम्म प्रतिबन्ध कायम रहने जानकारी दिए ।

यि हुन् प्रतिबन्धित विषय
होटल तथा रेष्टुरेन्टहरु साउन १५ बाट मात्रै खुल्ला हुनेछ भने आन्तरिक तथा बाह्य हवाई तथा लामो–छोटो दुरीका यातायात पनि भदौं १ गतेबाट मात्रै संचालनमा ल्याउन पाइने गरी खुल्ला गरेको छ ।

यसैगरी शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खानाहरु खुलाउन पाउने छैन ।

मंगलबार, साउन ०६, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४