एजेन्सी ।  सुपरस्टार अक्षय कुमारलाई गएको केही वर्षयता हिट मेशिन भन्ने गरिएको छ । उनका हरेक फिल्म ब्लकबस्टर हुने प्रदर्शनभन्दा अगाडि नै तय हुन्छ ।

उनका फिल्मले प्रदर्शनभन्दा अगाडि नै सफलताको कहानी लेख्न सुरु गर्छन् । यो सफलताको पछाडि उनको २५ वर्षको बेजोड मेहेनत छ । यही विश्वसनियताका कारण निर्माताले उनलाई महँगो पारिश्रमिक तिर्ने गरेका छन् ।

भारतमा सबैभन्दा बढी कमाई गर्ने अभिनेताको रुपमा चिनिने उनले फोर्ब्सको विश्वका सय सबैभन्दा धेरै कमाउने कलाकारको सूचीमा पनि आफ्नो नाम लेखाएका छन् । जसमा उनले हलिउडका कयैन् ठूला स्टारलाई उछिनेका छन् ।

फोर्ब्सको रिपोर्ट अनुसार, अक्षय कुमार एक मात्र भारतीय अभिनता हुन्, जसको नाम २०२० हाइएस्ट पेड एक्टरको लिस्टमा सामेल भएको छ । फोर्ब्स २०२० को हाइएस्ट पेड सेलेबको लिस्टमा उनको नाम ५२औं स्थानमा छ ।

कमाईको मामलामा उनले विल स्मिथ, जेनिफर लोपेज र इन्टरनेशनल टप पप स्टार रिहानालाई समेत पछाडि छाडेका छन् । फोर्ब्स रिपोर्टका अनुसार, अक्षयले वर्षमा ४८।५ मिलियन डलर कमाई गर्ने गरेका छन् । अघिल्लो वर्ष पनि उनी सबैभन्दा धेरै कमाई गर्ने फोर्ब्सको सूचीमा परेका थिए ।

यो वर्ष किम कार्दशियनकी बहिनी काइली जेनरले फोर्ब्सको सबैभन्दा धेरै कमाई गर्ने सेलेबको लिस्टमा टप गरेकी छन् । काइलीले वर्षमा ५ सय ९० मिलियन डलर कमाई गर्ने गरेको फोर्ब्स रिपोर्टमा उल्लेख छ ।

त्यस्तै, किम कर्दाशियनका पति कान्ये वेस्ट दोस्रो र उनी स्वयं भने ४८औं नम्बरमा छिन् । फोर्ब्सको यो लिस्टमा प्रियंका चोपडाका पति निक जोनस पनि परेका छन् ।

सोमबार, साउन १२, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957