गोविन्द बिश्वकर्मा सुर्खेत । सुर्खेतका बाढी पिडित अझै राहत कुरेर बसेका छन् । बढीपिडित भएको ६ बर्ष भईसक्दा पनि पुनर्वास हुन नसक्दा पाल भित्र जीवन कटाएका पिडितले राहत कुरेर बसेका हुन् ।

वि.स २०७१ साल साउन अन्तिम साता परेको अविरल बर्षाका कारण सुर्खेतलाई बाढीले तहसनहस बनाएको थियो । लगातार दुई दिन रात परेको पानीले सुर्खेतलाई डुवानमा पारेको थियो । साउन २८ र २९ गते आएको पानीले निम्त्याएको प्राकृतिक प्रकोप (बाढीले) सुर्खेतका सयौं घरपरिवारलाई विस्तापित गरेको थियो । अन्य क्षेत्रको भन्दा खोला आसपासमा घर भएका, आर्थिक अबस्था कमजोर रहेकाहरु बढी प्रभावित भएका थिए । बाढीले घर बगाएपछि घरबार बिहिन भएका बाढी पिडितहरु यो बर्षको बर्षातको समय पनि पाल भित्रै बस्न बाध्य हुने भएका छन् ।

सरकारले दिने भनेको राहत त रेडियोमा बज्ने र पत्रपत्रीकामा छापिने समाचार मात्र हुने गरेको पिडितहरुको गुनासो छ । सुर्खेतका बाढी पिडितले अझै पनि घर बनाउने पैसा पाएका छैनन् । मध्यपश्चिमाञ्चल बिकास क्षेत्रको रुपमा बिकास भएको सुर्खेत वीरेन्द्रनगरमा जग्गा किन्ने आर्थिक नभएको र सरकारी पैसाको बाटो हेरेर बसेको बाढी पिडित लक्ष्मी सुनारले बताईन् । खोर्के खोलामा झुपडी भएकि लक्ष्मी सुनारको सबै सर–सामान सहित घर बगाएको थियो । श्रीमानले घर बनाउने मिस्त्री काम गरेर जोडेको घर एक्कासी बगाएको बताउदैं सुनारले अब कसरी घर हाल्ने भन्ने चिन्ता रहेको बताईन् । अहिले पनि सुनारका परिवार पाल भित्रै छन् ।


लक्ष्मी सुनारको जस्तै समस्या भएका २५ जनाको पाल रहेका छन्, ईत्राम स्थित महिला प्रशिक्षण केन्द्रमा । वीरेन्द्रनगर ८ ईत्रामको प्रशिक्षण केन्द्रमा बसेका पालवाला यसबर्ष पनि पालवाला नै बन्ने छन् । आधा च्यातिएका त्रिपालमुनी बसेका पालवालाको जीवन पाल जस्तै च्यातिएको छ । पिडित बनेको छ बर्ष बितिसक्दा पनि पालवालाको दैनिकि फेरिएको छैन । छिट्टै घर बनाउने आशामा रहेका पालमुनीका नागरिक सरकारको राहत कर्दाकुर्दै थकित भएको महिला प्रशिक्षण केन्द्रमा सरण लिएर बसेका पिडित महिला बताउछन् ।

थुरथुर काँप्दै गरेका बालबालीकाहरु शरिरमा गतिलो तातो कपडा छैन । पाल भित्र ओड्ने राम्रो सिरक, डसना छैन । बिहान बेलुका के खाउ भन्ने पिडितले हजारौ खर्च गरेर तातो कपडा किन्न सक्ने अबस्था नभएको ईत्राम ८ कि पिडित मैसरा थापाले बताईन् । च्यातिएको त्रिपालभित्र रात कटाउन सारै कठिन हुन्छ, कपडा छैन थापा बताउछिन् । घर बगेको बर्ष केहि सहयोग गरेपनि त्यसपछि सरकारी निकायबाट कुनै सहयोग नपाएको थापाको गुनासो छ । पिडित थापाले सरकारले बाढीपिडीतका लागि १० लाख दिने भनेको सुनेको बताईन् ।

२०७१ चैत्र १२र१३ गते बसेको बैठकले पिडितलाई जम्मा एक लाख २५ हजार नगद अनुदान दिने निर्णय गरेको थियो । बाढीले बेघरबार बनाएपछि अर्काको घर भाडामा बसेका, जग्गा नै नभएकालाई जग्गा खरिदका लागी ५० हजार दिने निर्णय राज्यको थियो । त्यसपछि घर बनाउनका लागी ७५ हजार दिने निर्णय ग¥यो । एक लाख २५ हजार दिने भनेपनि कसैले त ५० हजार पनि नपाएको गुनासो गरेका छन् । जिल्ला दैवी प्रकोप उद्धार समिति सुर्खेतको वैठकले प्रभावित १४ सय ६५ घर परिवार मध्ये छानविन गरी ८ सय ३२ परिवारलाई नेपाल सरकारबाट राहत अनुदान पाउने परिवारका लागी सिफारिस गरिएको थियो ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सुर्खेतबाट एक सय ४० परिवार, नवज्योती केन्द्रबाट ४९ परिवार गरी जम्मा एक हजार २१ परिवारलाई पुनर्वासको लागी सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सोमबार, साउन १२, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपालद्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं :…………………..

हाम्रो टिम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल सुर्खेत
प्रधान सम्पादक : कोमल शाही
सम्पादक : गोविन्द बिश्वकर्मा
सह-सम्पादक : खगेन्द्र राना मगर
कला साहित्य : अलिफ खान
Graphic Designer : तीर्थ भण्डारी
web Designer : websoft IT Nepal

संवाददाताहरु

१० वटै जिल्लाबाट संवाददाताहरु आबश्यक्ता परेकाे हुंदा ईच्छुकले सम्पर्क गर्नुहाेला । सम्पर्क माे. ९८५८०२८९५७, ९८४८१९६९५७