सुर्खेत । सुर्खेतको भेरिगंगा न.पा. १२ पाडुले नजिक ट्रकको ठक्करबाट एक युवाको ज्यान गएको छ ।
सोमबार दिउसो करिव १ बजेको समयमा सुर्खेत देखि नेपालगन्ज तर्फ जाँदै गरेको ना ५ ख ५६०८ नं को ट्रकले छिन्चु देखि सुर्खेत तर्फ आउदै गरेको लु प्र ०३००१ प. ३६३१ नंको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार दुई जनामध्ये एक जनाको पहिचान नखुलेको अन्दाजी २१/२२ वर्षको युवाको उपचारका क्रममा प्रदेश अस्पताल कालागाँउमा निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनाले जानकारी दिए ।
इलाका प्रहरी काकार्यालय छिन्चुका प्रहरी निरिक्षक पदम खत्रीको कमाण्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमा पुगेर ट्रक चालक र मोटरसाईकललाई नियन्त्रणमा लिई घाईतेलाई उपचारका लागि प्रदेश अस्पताल पठाइएको थियो ।
अछाम पञ्चादेवल बिनायक न.पा. ४ का १९ वर्षका दमन शाहीको बायाँ खुट्टा र छातिमा चोट लागेको र माया मेडिकल छिन्चुमा उपचार भइरहेको सुनारले जानकारी दिए ।
सोमबार, आश्विन ०६, २०८२मा प्रकाशित गरिएको