सुर्खेत । सुर्खेतमा नक्कली विवाह गरेर नगद तथा गरगहना ठगी गर्ने दुई जना पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत सम्पर्क गरी आमा बुवा र छोरी बनेर विवाह गर्ने नाटक गराई ठगी गर्ने उद्देश्यले विवाहपछि बेहुलीले नगद र गरगहना लिएर फरार भएको पीडितको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा एउटै महिलालाई फरक–फरक मितिमा विभिन्न पुरुषसँग विवाह गराई ठगी गरेको तथ्य बाहिर आएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पक्राउ परेकामध्ये दैलेखको साविक साढु गा।वि।स–३ घर भई हाल वीरेन्द्रनगर–१० बस्ने ४० वर्षीय गोपाल कुमार विक (होटल सदाशंकरका सञ्चालक) र अछाम तुर्माखाद गाउँपालिका ३ घर भई हाल वीरेन्द्रनगर १० बस्ने ३८ वर्षीया भविसरा रास्कोटी मगर रहेका छन् । प्रहरीका अनुसार उनीहरूलाई ठगी तथा आपराधिक लाभको कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

बिहिबार, भाद्र १९, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४