क्वारेन्टाइनबाट घर फर्किन्छु भन्दा प्रहरी बाटै कुटिए दलित युवा

सुर्खेत, असार ३१ । क्वारेनटाईनबाट घर फर्किन खोज्दा एक दलित युवक माथि कुटपिट भएको छ । सुर्खेतको सिम्ता गाउँपालिका ६ स्थित बागेश्वरी माध्यामिक विद्यालयको क्वारेन्टाइनमा राखिएका सोही गापा ८ का कोरोना संक्रमित दलित युवकले घर फर्किन खोज्दा प्रहरीले मरणासन्न हुनेगरी कुटपिट गरेको हो । भारतबाट आई क्वारेन्टाइनमा बसेका साथिहरुसंग घर फर्किन खोज्दा ईलाका प्रहरी कार्यालय […]

सुनको मुल्य आकाशियो तोलाको लाख नजिक, व्यापार छैन : व्यवसायी

सुर्खेत, असार ३१ । सुनको मुल्य प्रतितोला लाख पुग्नै लाग्दा व्यापार नहुंदा सुर्खेतका सुनचाँदी व्यापारीहरु निराश बनेका छन् । कोभिड १९ कोरोना भाईरसका कारण देश बन्दाबन्दी (लकडाउन) मा फसेका बेला अन्तराष्ट्रिय मुद्राको दरमा ह्वात्तै वृद्धि भएपछि सुनको मुल्य लाख कै आसपासमा पुगेको बेला व्यापार मन्द भएको र किन्ने भन्दा बिक्रि गर्ने बढी भएकाले सुनचाँदी व्यापार […]

बाँके र बर्दियालाई कर्णालीमा गाभ्ने कोहलपुर नपाको नगर सभाको निर्णय

सुर्खेत, असार ३० । कोहलपुर नगरपालिकाले बाँके र बर्दियालाई प्रदेश पाँचबाट अलग गरेर कर्णाली प्रदेशमा गाभ्नुपर्ने निर्णय गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले पहिले नै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने नगर सभाबाट पारित गराई सकेको अवस्थामा कोहोलपुर नपालले पनि आफ्नो सातौं नगर सभाबाट कर्णाली प्रदेशमा गाभ्नुपर्ने निर्णय सर्वसम्मत रुपले पारित गरेको हो । प्रदेश पाँचको […]

वीरेन्द्रनगर नगरपालिकाका कर्मचारीको कर्तुत

गोविन्द बिश्वकर्मा सुर्खेत, असार २९ । वीरेन्द्रनगर नगरपालिकाले खुलाएको बिद्यालय नर्स पदको नतिजा पद, पैसा र पावरका आधारमा प्रकाशन भएको सुर्खेतका अधिकारकर्मीहरुले बताएका छन् । वीरेन्द्रनगर नगरपालीका सुर्खेतको यहि असार १४ गतेको निर्णयअनुसार विद्यालय स्वास्थ्य तथा नर्सिगं सेवा संचालन कार्यविधि २०७६ बमोजिम असार १७ गते गरेको सुचनाका आधारमा २७ गते प्रकाशन गरेको नतिजामाथी आशंकाजनक र […]

बैंकिङ्ग कारोबार बहिस्कार गर्दै सुर्खेतका व्यवसायी आन्दोलित

सुर्खेत, असार २९ । सुर्खेतका उद्योगी व्यवसायीहरुले आइतवार वीरेन्द्रनगरमा पसलहरु बन्द गरेका छन् । कोरोना महामारीको विषम परिस्थितिमा पनि बैंकहरुले ब्याज बुझाउँन ताकेता गरेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् । व्यवसायीहरु बैंकिङ्ग कारोबार बहिस्कार गर्दै आन्दोलनमा उत्रिएका छन् । पसलहरु बन्द गरेर आन्दोलनमा उत्रिएका व्यवसायीहरुले सुर्खेतस्थित बैंकहरुमा बैंकिङ्ग कारोबार बहिस्कार गरिएको व्यानर टाँसेका छन् । […]

बलिवुड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरीलाई पनि कोरोना सङ्क्रमण

काठमाण्डौं, असार २९ । बलिवुड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । मुम्बईका असिस्टेन्ट म्युनिसिपल कमिस्नर विश्वास मोटेले ऐश्वर्या राय बच्चन र उनकी छोरी कोरोना सङ्क्रमित भएको पुष्टि गरेका हुन् । अभिनेता अमिताभकी श्रीमती जया बच्चनको रिपोर्ट भने नेगेटिभ आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शनिबार […]

नगरपालीकाले दलित समुदायलाई उपेक्षा गर्यो, विद्यालय नर्स पदको नतिजा रद्द गर्न माग

सुर्खेत, असार २८ । सुर्खेतका दलित अधिकारकर्मीहरुले नगरपालीकाले प्रकाशित गरको विद्यालय नर्स पदको नतिजा रद्द गर्न माग गरेका छन् । यहि असार १७ गते नगरपालीकाले प्रकाशित गरेको विद्यालय स्वास्थ्य तथा नर्सिगं सेवा सञ्चालन सम्वन्धि सुचनाका आधारमा असार २७ गते भएको अन्तरावार्ताबाट दलित समुदायका उपेक्षा गरिएको भन्दै आपत्ति जनाउदैं नतिजा रद्द गर्न र पुन अन्तरवार्ताको माग […]

कर्णालीमा सर्वसाधारणका लागि सशुल्क परीक्षण सेवा सुरु

सुर्खेत, असार २६ । कर्णाली प्रदेश सरकारले सर्वसाधारण नागरीकका लागि आफुखशी कोरोना परिक्षण गर्न सकिने व्यवस्था मिलाएको छ । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली प्रदेश अस्पताललाई पनि शुल्क लिएर पीसीआर परीक्षण गर्न स्वीकृति दिए अनुसार मन्त्रालयले कर्णाली प्रदेश अस्पतालसहित ६ वटै प्रदेशका एक–एकवटा अस्पतालाई यस्तो सुविधा दिएको हो । यसअघि यो सुविधा काठमाडौंको […]

नेकपाको स्थायी समितिको बैठक ७ दिनको लागी स्थगित

काठमाडौ, असार २६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक ७ दिनका लागी स्थगित भएको छ । पटकपटक स्थगित हुँदै आएको स्थायी समितिको बैठक शुक्रबार ११ बजेका लागी बोलाइए पनि बस्न असफल भई ७ दिनका लागि स्थगित गरिएको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा […]

नेपालमा बन्द हुदैं भारतीय समाचार च्यानल, नेपालको गलत प्रचार गरेको ठहर

काठमाडौ, असार २५ । नेपालमा बिना अवरोध भित्रिरहेका भारतीय समाचार च्यानलहरुको प्रशारण बन्द गरिएको छ । नेपालका बारेमा पछिल्ला केही महिना यता गलत प्रचारमा संलग्न रहेका सबै भारतीय समाचार च्यानलहरुको प्रशारण रोकिएको हो । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रशारण नेपालमा बन्द गरेका हुन् । बिहीबार साँझदेखि दूरदर्शन बाहेक […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१