काठमाडौ, असार २६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक ७ दिनका लागी स्थगित भएको छ ।

पटकपटक स्थगित हुँदै आएको स्थायी समितिको बैठक शुक्रबार ११ बजेका लागी बोलाइए पनि बस्न असफल भई ७ दिनका लागि स्थगित गरिएको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षति समेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंत्तिलाई उद्दार एवं राहतमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केन्द्रिय कार्यालयको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटिको बैठक ७ दिन स्थगित’ गरिएको छ ।

स्थायी समितिको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका बहुमत नेताहरुले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीको राजिनामा मागेपछि चुलिएको विवाद सामाधान भएको छैन ।

बैठक स्थगित भएको पुष्टी प्रचण्डका प्रेस सल्लाहाकार विष्णु सापकोटाले पनि गरेका छन् ।

शुक्रबार, आषाढ २६, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४