सुर्खेत, असार ३० । कोहलपुर नगरपालिकाले बाँके र बर्दियालाई प्रदेश पाँचबाट अलग गरेर कर्णाली प्रदेशमा गाभ्नुपर्ने निर्णय गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले पहिले नै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने नगर सभाबाट पारित गराई सकेको अवस्थामा कोहोलपुर नपालले पनि आफ्नो सातौं नगर सभाबाट कर्णाली प्रदेशमा गाभ्नुपर्ने निर्णय सर्वसम्मत रुपले पारित गरेको हो ।

प्रदेश पाँचको स्थायी राजधानी अन्ततः बुटवललाई नै कायम गर्ने सम्भावना रहेको भन्दै कोहलपुर नगरपालिकाको नगर सभाले कर्णालीमा गाभिने निर्णय गरेको नगर प्रमुख लुटबहादुर रावतले बताए । नगर प्रमुख रावतले भने ‘कर्णाली प्रदेशको राजधानी सुर्खेत हरेक हिसाबले बाँके र बर्दियालाई उपयुक्त छ, बिहान सुर्खेत पुगेर दिनभर काम गराएर पनि बेलुका सबेरै घर फर्किन सकिन्छ, तर बुटवल पुगियो भने एक दिनमा फर्किन सम्भव हुदैन ।’ त्यसैले कर्णाली प्रदेशमा गाभेको खण्डमा बाँके र बर्दियाका जनतालाई न्याय हुन्छ ।

बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने भन्दै विगतदेखी नै यहाँ विभिन्न दवाव मुलक कार्यक्रम हुदै आएका छन् । नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्वमा पटक–पटक छलफल, अन्तरक्रिया गर्नुका साथै दवाव समिति समेत निर्माण गरिएको थियो । प्रदेश पाँचको अस्थायी राजधानी बुटवललाई तोकेपछि बाँके र बर्दियाबासीले कर्णालीमा मिल्नुको विकल्प नभएको बताउँदै आएका छन् । कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जुकुमारी थारु प्रदेश पाँचको राजधानी बुटवल अपायक पर्ने भएका कारण कर्णालीमा गाभिनुपर्ने आम जनताको माग रहेको बताइन् ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलसम्शेर राणाले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नु नै उत्तम विकल्प भएको बताए । ‘हामीले त एक/डेढ वर्ष पहिले देखी नै यो मुद्दालाई प्रमुख रुपमा उठाउँदै आएका छौं, जबसम्म हाम्रो माग पुरा हुदैन, तबसम्म यो मुद्दालाई छाड्ने वाला छैनौं,’ उनले भने ‘बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नका लागि हामीले पटक पटक छलफल तथा अन्तरक्रिया गरेका छौं, समिति गठन गरेर पनि दवाव मुलक कार्यक्रम गरिरहेका छौं ।’

मंगलबार, आषाढ ३०, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१