सुर्खेत, असार ३१ । क्वारेनटाईनबाट घर फर्किन खोज्दा एक दलित युवक माथि कुटपिट भएको छ ।

सुर्खेतको सिम्ता गाउँपालिका ६ स्थित बागेश्वरी माध्यामिक विद्यालयको क्वारेन्टाइनमा राखिएका सोही गापा ८ का कोरोना संक्रमित दलित युवकले घर फर्किन खोज्दा प्रहरीले मरणासन्न हुनेगरी कुटपिट गरेको हो ।

भारतबाट आई क्वारेन्टाइनमा बसेका साथिहरुसंग घर फर्किन खोज्दा ईलाका प्रहरी कार्यालय बाँदेपीपलका प्रहरी सहायक निरीक्षक विजय पुनले कुटपिट गरेका हुन् ।

उनीहरु दुईसाता क्वारेन्टाइनमा बसेर घर फर्कन लागेका थिए । उनको कुटाइबाट ती युवक घाइते भएका छन् । कुटाइबाट पीडित युवकको हात भाँचिएको र आफन्तले उपचारका लागि अस्पताल लैजान माग गरे पनि स्थानीय तहले समेत बेवास्ता गरेर घटनालाई गुपचुप राखेको पाईएको छ ।

गाउँपालिका अध्यक्ष कविन्द्रकुमार के.सीको उपस्थितिमा पीडित परिवार र प्रहरीबीच कोरोना सञ्चो भएपछि उपचार गर्ने सहमति भएको जानकारी दिईएको छ ।

स्रोत :- https://nagariknews.nagariknetwork.com/social-affairs/273641-1594730449.html?click_from=just_in

बुधबार, आषाढ ३१, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४