सुर्खेत, असार २९ । सुर्खेतका उद्योगी व्यवसायीहरुले आइतवार वीरेन्द्रनगरमा पसलहरु बन्द गरेका छन् । कोरोना महामारीको विषम परिस्थितिमा पनि बैंकहरुले ब्याज बुझाउँन ताकेता गरेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् ।

व्यवसायीहरु बैंकिङ्ग कारोबार बहिस्कार गर्दै आन्दोलनमा उत्रिएका छन् । पसलहरु बन्द गरेर आन्दोलनमा उत्रिएका व्यवसायीहरुले सुर्खेतस्थित बैंकहरुमा बैंकिङ्ग कारोबार बहिस्कार गरिएको व्यानर टाँसेका छन् ।

संयुक्त संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रिएका व्यवसायीहरुले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेर २७ बुदे मागपत्र र सांकेतिक साँचो बुझाएका छन् ।

मुख्यमन्त्री शाहीले माग सम्बोन्धनका लागि संघीय सरकारसँग पहल गर्ने बताए । लकडाउन खुलेको एक हप्तामा बैंकहरुको ब्याज तिर्न नसक्ने भएकाले आन्दोलनमा उत्रिन बाध्य भएको सुर्खेत उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कंडेलले जानकारी दिए ।

सरकारले व्यवसायीहरुलाई राहत उपलब्ध गराउनुको सट्टा कर तथा ब्याज उठाउन लकडाउन खोलेको आरोप उनको छ । सरकारले राहत उपलब्ध नगराए थप चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने व्यवसायीहरुले चेतावनी दिएका छन् ।

यो भिडियो पनि हेर्नुहोला ल………………….
https://www.youtube.com/watch?v=O0Ieh-iagWg

सोमबार, आषाढ २९, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४