गोविन्द बिश्वकर्मा सुर्खेत । बिगत लामो समय देखि मृर्गौला रोगबाट ग्रसित जीतप्रसाद गुरुङ्ग बचाउ अभियान सुरु भएको छ ।
भारतमा लामो समय देखि रोजगारी गर्दै आएका वीरेन्द्रनगर नगरपालीका १२ गुरुङ्ग शारीरिक रूपमा अशक्त रहेको र हप्तामा दुई पटक डायलासिस गर्नु पर्ने भएकाले उनको सहयोगार्थ अभियान चलाईएको हो ।
परिवारको एक मात्र साहारा रहेका उनलाई रोगसंग लड्न आर्थिक समस्या पर्दा वीनपा १२ का युवाको सहयोगमा सहयोग कोषको स्थापना गरि रकम जुटाउन थालिएको युवा रवी नेपालीले जानकारी दिए ।
बुधबाररु. २८ हजार ९ सय ५ परिवारलाई हस्तान्तरण गरिएको छ । आगामी दिनमा उनको उपचारका लागि निरन्तर लागिरहने बताउनदै नेपालीले सहयोगमा जुट्नु भएका सम्पुर्ण सहयोगी हातहरुलाई हृदयदेखि नै धन्यवाद दिएका छन् ।
सहयोगी दाताहरुको नाम यसप्रकार रहेको छ ।
भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोला…………
https://www.youtube.com/watch?v=QQGIdlDEmcg
बुधबार, साउन ०७, २०७७मा प्रकाशित गरिएको