सुर्खेत । कर्णाली प्रदेशमा प्रवेश गर्न अनिवार्य पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट आबश्यक पर्ने कर्णाली प्रदेश सरकारले निर्णय गर्ने भएको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा गरिएको पत्रकार भेटघाटमा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले यस्तो बताएका हुन् ।

छिमेकी प्रदेश र पूर्वी तराईमा भाइरसले भयानक रुप लिएको भन्दै मुख्यमन्त्री शाहीले उक्त क्षेत्रबाट कर्णाली भित्रिने नागरिकलाई अनिवार्य पीसीआर जाँच गरिएको कागज देखाउँदा जोखिमबाट बच्न सकिने बताए ।

यसैविच, मुख्यमन्त्री शाहीले गम्भीर खालका बिरामीको उपचारका लागि कर्णालीका दशै जिल्लामा अक्सिजन पठाइने बताएका छन् ।

हाल चौरजहारी अस्पताल रुकुम पश्चिम, दैलेख अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक÷एक वटा, प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा दुई वटा पीसीआर मेसिनले स्वाब जाँच गरिरहेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए ।

सार्वजनिक स्थलमा भीडभाड गर्न नपाइने
कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएकोले यसको नियन्त्रणका लागि सुर्खेतका कुनै पनि सार्वजनिक स्थलमा सभा, गोष्ठी, सेमिनार, तालिम, जुलुस, जात्रा, पुजा महोत्सवलगायतका कार्यक्रमहरुमा जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ ।

मंगलबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतमा बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन केन्द्रको बैठकले सुर्खेतमा अर्को सूचना प्रकाशित नभएसम्म सार्वजनिक स्थलमा यस्ता कुनै पनि कार्यक्रम गर्न नपाइने निर्णय गरेको छ ।

मंगलबार, साउन २०, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१