सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधवार राति ठुलो परिमाणमा सुनका गहना गरेको छ । विशेष सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलिले वीरेन्द्रनगर नगरपालिका वडा नं ३ बाट ठूलो परिमाणमा सुनका गहना बरामद गरेको हो । ‘विशेष सुचनाको आधारमा वीरेन्द्रनगर नगरपालिका ३ मान बहादुर सुनारको घरमा सुन रहेको भन्ने थाहा पाईसकेपछि हामी राति नै गएर उनको घरलाई खानतलासि गर्दा केहि पहेलो रंगको धातु जस्तो देखिने भेटिएको सत्य हो तर त्यो सुन नै हो भन्न अहिले सकिदैन, त्यो सुनको जलव दिएर बनाएको पनि हुन सक्छ, ‘जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद धर्तीले भने, ‘बाकि हामि अनुसन्धानको प्रक्रियामा लागिरहेका छौ,।’ मान बहादुर सुनारको घरमा भेटिएको सुन भनिएको बस्तु मान बहादुर सुनारले धाराको मुनि तिर लुकाइएको अबस्थामा प्रहरीले भेटाएको प्रवक्ता धर्तीले जानकारी दिए । बाहिर करोडौको भनि हल्ला गरिएको भए पनि प्रहरीले सुन भनिएको बस्तु भेटाएको मध्य २ थान हातमा लगाउने कडा, १६ थान चुडा, ४ थान श्रीफुल, ५ थान झुम्का, ३ थान क्लिप, १ थान काँटा, भेटिएको छ अन्य ठाउँमा पनि लुकाएर राखेको हुन सक्ने अनुमान गरिएको हुनाले सुनारलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । सो सुन भनिएको बस्तु भारतबाट ल्याएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

बिहिबार, साउन २९, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१