सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधवार राति ठुलो परिमाणमा सुनका गहना गरेको छ । विशेष सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलिले वीरेन्द्रनगर नगरपालिका वडा नं ३ बाट ठूलो परिमाणमा सुनका गहना बरामद गरेको हो । ‘विशेष सुचनाको आधारमा वीरेन्द्रनगर नगरपालिका ३ मान बहादुर सुनारको घरमा सुन रहेको भन्ने थाहा पाईसकेपछि हामी राति नै गएर उनको घरलाई खानतलासि गर्दा केहि पहेलो रंगको धातु जस्तो देखिने भेटिएको सत्य हो तर त्यो सुन नै हो भन्न अहिले सकिदैन, त्यो सुनको जलव दिएर बनाएको पनि हुन सक्छ, ‘जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद धर्तीले भने, ‘बाकि हामि अनुसन्धानको प्रक्रियामा लागिरहेका छौ,।’ मान बहादुर सुनारको घरमा भेटिएको सुन भनिएको बस्तु मान बहादुर सुनारले धाराको मुनि तिर लुकाइएको अबस्थामा प्रहरीले भेटाएको प्रवक्ता धर्तीले जानकारी दिए । बाहिर करोडौको भनि हल्ला गरिएको भए पनि प्रहरीले सुन भनिएको बस्तु भेटाएको मध्य २ थान हातमा लगाउने कडा, १६ थान चुडा, ४ थान श्रीफुल, ५ थान झुम्का, ३ थान क्लिप, १ थान काँटा, भेटिएको छ अन्य ठाउँमा पनि लुकाएर राखेको हुन सक्ने अनुमान गरिएको हुनाले सुनारलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । सो सुन भनिएको बस्तु भारतबाट ल्याएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

बिहिबार, साउन २९, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४