काठमाडौं । एप्पल कम्पनीका सहसंस्थापक स्टिभ वोज्नियाकले भिडियो शेयरिङ प्लाटफर्म युट्युबविरुद्ध मुद्दा हालेका छन् ।

स्टिभ जब्ससँगै एप्पल कम्पनीको स्थापना गरेका वोज्नियाकले बिटक्वाइनसम्बन्धी फर्जी भिडियो विज्ञापनमा आफ्नो नाम दुरुपयोग गरिएको र सो भिडियो प्रसारण नगर्न अनुरोध गर्दासमेत युट्युबले अस्विकार गरेको भन्दै युट्युबविरुद्ध मुद्दा हालेका हुन् । युट्युबविरुद्ध क्यालिफोर्नियाको उच्च अदालतमा वोज्नियाकसहित १७ जनाले मुद्दा दायर गरेका छन् ।

युट्युबमा स्टिभ वोज्नियाक लगायतका चर्चित व्यक्तिहरुका तस्वीर तथा भिडियो संलग्न गरिएका विभिन्न फर्जी भिडियो तथा प्रवद्र्धनात्मक विज्ञापनहरु निरन्तर प्रसारण हुने गरेको र त्यस्ता सामाग्रीहरुबाट निर्देशित भई क्रिप्टोकरेन्सीको कारोबार गर्दा युट्युब प्रयोगकर्ताहरुले लाखौँ डलर गुमाउने गरेको अदालतमा दायर निवेदनमा भनिएको छ ।

वोज्नियाकले युट्युबको यस्तो गतविधिलाई हालैको ट्वीटर ह्याकिङ काण्डसँग तुलना गर्दै उस्तैखाले ठगीबाट रकम कमाउने गरेको आरोप लगाएका छन् ।

हालै ट्वीटरमा बिटक्वाइन ह्याकिङका क्रममा बिल गेट्स, जोए बाइडेन, माइकल ब्लुम्बर्ग, एलोन मस्क लगायतको ट्वीटर अकाउन्ट ह्याक भएको थियो ।

त्यस्तो ह्याकिङविरुद्ध ट्वीटरले कदम चालेको भएपनि त्यस्तै खालका फर्जी भिडियोहरुमाथि युट्युबले भने कुनै एक्सन लिएको छैन ।

युट्युबमा आउने त्यस्ता ठगी भिडियो विज्ञापनहरुमा वोज्नियाक लगायतका चर्चित व्यक्तित्वहरुको तस्वीर तथा भिडियोहरु प्रयोग गर्दै मानिसहरुलाई बिटक्वाइनको कारोबार गरेर दोब्बर कमाउन सकिने लोभ देखाइन्छ । मानिसहरुलाई आफुसँगको बिटक्वाइन ट्रान्सफर गरेमा दोब्बर बिटक्वाइन प्राप्त गर्न सकिने गलत सन्देश दिएका विज्ञापनहरुबाट लाखौँ युट्युब प्रयोगकर्ताहरु प्रभावित भएर ठगिएका छन् ।

युट्युबविरुद्ध अदालतमा हालिएको मुद्दामा निवेदकहरुले क्षतिपूर्तिको मागदाबी पेश गर्दै युट्युबमा त्यस्ता भिडियोहरुमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् । साथै प्रयोगकर्ताहरुलाई त्यस्ता ठगीपूर्ण विज्ञापनहरुका बारेमा चेतावनी जारी गर्न लगाउन समेत माग गरिएको छ ।

सोमबार, साउन १२, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957