सुर्खेत एकीकृत कृषि प्रयोगशाला सुर्खेतको आवास गृहमा बेहाेस अवस्थामा भेटिएकी २७ वर्षीया कर्मचारी चन्द्रा सिंहको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले एक सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत नायब सुब्बा कविलाल बी.सी.लाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । जाजरकोटको भेरी नगरपालिका १ स्थायी घर भई विगत दुई वर्षदेखि प्रयोगशालामा नायब प्राविधिक सहायक पदमा सेवारत सिंह वीरेन्द्रनगर ७, इत्रामस्थित कार्यालयकै आवास गृहको शौचालयमा बेहोस अवस्थामा भेटिएकी थिइन् ।

उनलाई उद्धार गरी तत्काल देउती अस्पताल हुँदै प्रदेश अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले बचाउन सकेनन् । चन्द्राको अस्वाभाविक मृत्युपछि उनका श्रीमान महेश बस्नेतले आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले साउन १६ गते वीरेन्द्रनगर ८, खजुराबाट बी.सी.लाई नियन्त्रणमा लिएको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा चन्द्रा र बी.सी.बीच सामाजिक सञ्जाल फेसबुकमा भएका कुराकानी तथा केही शंकास्पद च्याट संवादहरू फेला परेको प्रहरीले जनाएको छ ।

‘प्रारम्भिक अनुसन्धानमा उहाँहरूबीच फेसबुक च्याटमा कुराकानी हुने गरेको र केही शंकास्पद विषयहरू समावेश भएको पाइएको छ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले भने, ‘अहिले हामी गम्भीरताका साथ अनुसन्धानमै छौं। अदालतबाट म्याद थप गरी घटनाका सम्पूर्ण पाटाहरू केलाउने काम भइरहेको छ ।’

उज्यालो भविष्य बोकेर सेवामा खटिएकी युवा कर्मचारीको यसरी अप्रत्याशित अन्त्य हुनुले एकीकृत कृषि प्रयोगशाला र परिवार शोकमा डुबेको छ । कानुनी दायरामा ल्याइएका बी.सी.माथिको अनुसन्धानले नै चन्द्राको मृत्युपछाडिको वास्तविक सत्य बाहिर ल्याउने अपेक्षा परिवारकाे छ ।

सोमबार, साउन १८, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१