भेरी नगरपालिका-१० नुवागाउँमा साउन २५ गते राति ९ बजेतिर कुटपिटबाट घाइते दिपककुमार थापाको नेपालगन्जस्थित केयर सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जाजरकोटमा कुटपिटबाट गम्भीर घाइते भएका दैलेखका औषधि व्यवसायी ३२ वर्षीय दिपककुमार थापाको उपचारका क्रममा मृत्यु भएको छ । भेरी नगरपालिका-१० नुवागाउँमा साउन २५ गते राति ९ बजेतिर कुटपिटबाट घाइते भएका थापाको नेपालगन्जस्थित केयर सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दैलेखको नारायण नगरपालिका-२ स्थायी घर भएका थापा हाल भेरी-११ जगतिपुरमा औषधि पसल सञ्चालन गर्दै आएका थिए । जाजरकोट जिल्ला प्रहरीका अनुसार भेरी नगरपालिका ८ का ३३ वर्षीय वीरेन्द्र खत्रीसहितको समूहले कुटपिट गरेपछि थापा गम्भीर घाइते भएका थिए । घाइते थापालाई सुरुमा रुकुम पश्चिमको चौरजहारीस्थित मिसन अस्पताल लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लगिएको थियो ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले साउन २९ गते पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्र खत्री, निरज रोकाय, शिशिर योगी गोसाई, लक्ष्मण रोकाय र बिनोद गोसाई छन्। उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा जाजरकोट जिल्ला अदालतबाट म्यादथप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सोमबार, भाद्र ०१, २०८३मा प्रकाशित गरिएको



