सुर्खेत ।  विगत लामो समयदेखि सन्चारकर्म संगै कलाकारिता क्षेत्रलाई निरन्तरता दिइरहेका चिरञ्जीवी सापकोटा अभिनित पछिल्लो म्युजिक भिडियो यतिबेला चर्चामा छ।

बादल थापाको शब्द,संगीत अनि स्वर रहेको “हेर यो मुटुमा चिरा पर्या छ” बोलको म्युजिक भिडियो मार्फत पछिल्लो पटक चिरञ्जीवी दर्शकसामु प्रस्तुत भएका हुन् । उनले यस म्युजिक भिडियोमा गरेको अभिनयलाई यतिबेला दर्शकले अत्याधिक रुचाएका छन् ।

प्रायजसो कमेडी म्युजिक भिडियोमा अभिनय गर्ने उनले पहिलोपटक सेन्टिमेन्टल गीतमा अभिनय गरेका हुन् । उनी सेन्टिमेन्टल भिडियोमा पनि अब्बल अभिनय गर्न सक्छन् भनेर यसै म्युजिक भिडियो मार्फत दर्शकसामु प्रमाणित भएको छ भन्दा फरक नपर्ला। किनभने उक्त भिडियोमा उनले गरेको अभिनयलाई लिएर चौतर्फी तारिफ आइरहेको छ।

अफिसियल भिडियो निर्माण हुनु अगावै लोकप्रिय बनेको उक्त गीतको अफिसियल भिडियोमा रेडियोमा काम गर्ने रेडियोकर्मीको प्रेम बिछोडको कथालाई देखाइएको छ। उक्त कथामा चिरञ्जीवीले डुबेर अभिनय गरेका छन् । भिडियो हेर्दा उनको अभिनय एकदम न्यायपुर्ण अनि जीवन्त रहेको स्पष्ट हुनेगर्छ ।

यसरी, आफ्नो अभिनयलाई दर्शकले अत्याधिक रुचाइदिँदा आफुमा झन हौसला बढेको चिरञ्जीवी बताउँछन् । दर्शकको अत्याधिक राम्रो प्रतिक्रिया पाउँदा चिरञ्जीवी मख्ख छन् । सार्वजनिक भएको छोटो समयमै युटुबको ट्रेन्डिङमा पनि भिडियो पर्न सफल भएको छ।

चिरञ्जीवीका अलवा भिडियोमा कलाकार रोश्नी कार्की ,प्रेम पुरी र राज थापा क्षेत्रीको पनि अब्बल अभिनय रहेको छ। रोश्नी र प्रेमको अभिनयले झन भिडियो आकर्षक बनेको छ।

भिडियोलाई सृजन बरालले निर्देशन गरेका हुन् । भिडियो खिच्ने काम ज्ञानेन्द्र शर्मा हुमागाइंले गरेका छन् । त्यस्तै, भिडियोलाई रंग संयोजन अनि सम्पादन दिन्सन शाहले गरेका हुन् । भिडियो आहा टिभीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

बिहिबार, साउन २९, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१