काठमाण्डौं । यूकेमा नमुना सङ्कलन गरेको ९० मिनेट मै नतिजा आउने नयाँ जीवन रक्षक कोरोनाभाइरस परीक्षण विधि सुरु हुने भएको छ ।

कोभिड(१९ र अन्य मौसमी बिरामीबीच छुट्याउन सकिने त्यस्तो स्वाब र डीएनए परीक्षण जाडो याममा निकै उपयोगी हुने र आगामी साताबाटै विधि सुरु हुने ब्रिटेनका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले बताएका छन् ।

उनले कोरोनाभाइरस परीक्षणसम्बन्धी यो नयाँ विकसित प्रविधि जीवन रक्षक हुने पनि बताए । हालको परीक्षण प्रकृया अन्तर्गत तीन चौथाइ नतिजा २४ घण्टाभित्रै आइसक्ने भएपनि एक चौथाइ नतिजाका लागि दुई दिनसम्म लाग्न सक्छ।

सो परीक्षणको पाँच लाख किट यूकेका वृद्ध हेरचाह केन्द्र र परीक्षण केन्द्रमा आगामी साता उपलब्ध हुनेछ। यो वर्ष थप लाखौँ त्यस्ता किट बनाइने बताइएको छ।

विश्वसनीय
यो परीक्षणका लागि मेशिन निर्माण गरेको कम्पनी डीएनए नजका सहसंस्थापक प्राध्यापक क्रिस टुमाजुले नयाँ परीक्षण द्रूत र विश्वसनीय रहेको बताउँदै यो जुनसुकै स्थानमा लगेर गर्न सकिने बताए ।

परीक्षण किट बनाएको अक्सफोर्ड नानोपोरका प्रमुख कार्यकारी गोर्डन साङ्घेराले यो परीक्षण विश्वभरका लागि सस्तो र सहज परीक्षण हुने सम्भावना रहेको बताएका छन् । नयाँ परीक्षणको विषयमा तथ्याङ्क सार्वजनिक नगरिएको भए पनि विश्वसनीय भए नभएको परीक्षण गर्ने विधि बनाइएको दाबी गरिएको छ ।

यो परीक्षणको सबैभन्दा ठूलो फाइदा भनेको जाडो याममा लाग्ने अन्य फ्लुबाट कोभिड १९ लाई छुट्याउन सकिनु नै रहेको पाईएको छ ।

सोमबार, साउन १९, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१