नेपाल तालिम तथा रोजगार ब्यवसायी महासंघ कर्णाली प्रदेशको अध्यक्षमा शाही

सुर्खेत । नेपाल तालिम तथा रोजगार ब्यवसायी महासंघ कर्णाली प्रदेश समिति गठन भएको छ । देशका प्रादेशिक संरचना अनुसार सातै वटा प्रदेशमा प्रदेश संघ गठन गर्ने क्रममा कर्णाली प्रदेशमा पनि उपेन्द्र कुमार शाहीको अध्यक्षतामा १५ सदस्यिय समिति गठन गरिएको हो । नव गठित प्रदेश महासंघको वरिष्ठ उपाध्यक्षमा सुमन नाथ योगी, उपाध्यक्ष टीका बुढाथोकी, सचिव रमेश […]

आदिम कलेजको छात्रवृत्ति योजना, ५० देखि शत प्रतिशत छात्रवृत्ति दिने कलेजको निर्णय

काठमाण्डौं । देशको राजधानी काठमाण्डौंमा सञ्चालित आदिम कलेजले कोरोना विशेष छात्रवृत्ति योजना ल्याएको छ । कोरोना भाइरस कोभिड १९ का कारण अभिभावकहरु आर्थिक चपेटामा परेको बेला कक्षा ११ का विद्यार्थीका लागि छात्रवृत्ति दिने भएको हो । कोरोना महामारीको असरले गर्दा अभिभावकहरुको आम्दानी घटेको र यस्तो संकटको समयमा कलेज सञ्चालक समितिको बैठकले छात्रवृत्तिको निर्णय गरेको कलेजका […]

सवस्टेशन निर्माण नहुँदा विद्युत् नियमित आपूर्तिमा समस्या

सुर्खेत । सुर्खेतको सुव्वाकुनामा १३२ केभी प्रसारण लाइनको सवस्टेशन निर्माण नहुँदा तीन जिल्लाको विद्युत् आपूर्तिमा समस्या देखिँदै आएको छ । कोहलपुरदेखि सुर्खेतसम्मको १३२ केभी प्रसारण लाइनको लागि वातावरणीय प्रभाव मूल्याङ्कनको काम पूरा गरी प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ । सुर्खेतको आधा, सल्यानको आधा भाग र रुकुमपश्चिम र जाजरकोटका लागि सुर्खेतको सुब्बाकुनामा सवस्टेशन […]

३२ वर्षपछि अघि बढ्यो कर्णालीको ‘ड्रिम प्रोजेक्ट’

सुर्खेत । लो भोल्टेजका कारण हैरानी खेप्दै आएका कर्णालीवासीका लागि खुशीको पल सुरु भएको छ । कोहलपुर – सुर्खेत १ सय ३२ केभीए प्रसारण लाइन बन्ने पक्का भएपछि कर्णालीका हिमाली तथा पहाडी जिल्लामा विद्युत् विस्तार गर्न बाटो खुलेको छ । कर्णालीवासीको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको यो आयोजना झण्डै ३२ वर्षपछि शुरु हुन लागेको हो । […]

बैंक मै थन्कियो पौने ३ अर्ब बराबरको ३ सय २१ किलो सुन

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको वृद्धिले गर्दा बैंकहरूले आयात गरेको ३ सय २१ किलो सुन बैंकमै थन्किएको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार साउन ९ गते सम्म उक्त परिमाणको सुन बैंकमा स्टक रहेको छ । अहिलेको बजार मूल्यअनुसार बैंकहरूमा २ अर्ब ७१ करोड रुपैयाँबराबरको सुन स्टक रहेको हो । ‘बुधबारको अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार […]

युट्युबविरुद्ध एप्पल संस्थापकको मुद्दा

काठमाडौं । एप्पल कम्पनीका सहसंस्थापक स्टिभ वोज्नियाकले भिडियो शेयरिङ प्लाटफर्म युट्युबविरुद्ध मुद्दा हालेका छन् । स्टिभ जब्ससँगै एप्पल कम्पनीको स्थापना गरेका वोज्नियाकले बिटक्वाइनसम्बन्धी फर्जी भिडियो विज्ञापनमा आफ्नो नाम दुरुपयोग गरिएको र सो भिडियो प्रसारण नगर्न अनुरोध गर्दासमेत युट्युबले अस्विकार गरेको भन्दै युट्युबविरुद्ध मुद्दा हालेका हुन् । युट्युबविरुद्ध क्यालिफोर्नियाको उच्च अदालतमा वोज्नियाकसहित १७ जनाले मुद्दा दायर […]

फेसबुक ह्याक गरेर रकम असुली, समातिए २३ वर्षे युवा

काठमाडौं । फेसबुक ह्याक गरेर रकम असुली गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सुनसरीको दुहबीबाट २३ वर्षीय सविर आलम पक्राउ परेका हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले सुनसरी प्रहरीसँग समन्वय गरेर आलमलाई पक्राउ गरेको एसएसपी दिपक थापाले बताए । थापाका अनुसार आलमले विभिन्न व्यक्तिको फेसबुकमा अनाधिकृत रुपमा पहुँच बनाएर ती व्यक्तिको […]

जुम्लाका स्थानीय तहमा ३० करोडभन्दा बढी बेरुजु

जुम्ला । जुम्लाका आठ स्थानीय तहको रु ३० करोडभन्दा बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा जुम्लाका एक नगरपालिका र सात गाउँपालिका गरी आठ स्थानीय तहको रु ३० करोड १५ लाख २८ हजार बेरुजु देखिएको हो । स्थानीय तहको आर्थिक वर्ष २०७५/७६ को महालेखापरीक्षकले सार्वजनिक गरेको प्रतिवेदनमा सबैभन्दा बढी चन्दननाथ […]

हरेक नेपालीको थाप्लोमा ४३ हजार ७ सय रुपैयाँ ऋण

काठमाण्डौ । नेपाल सरकारको सार्वजनिक ऋण १३ खर्ब रुपैयाँ नाघेको छ । अर्थ मन्त्रालयका अनुसार २०७७ सालको जेठसम्म नेपाल सरकारको ऋण १३ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । नेपालको अहिलेको जनसङ्ख्या तीन करोड २७ हजार ६ सय ५९ जनालाई भाग गर्दा हरेक नेपालीको थाप्लोमा ४३ हजार सात सय १६ रुपैयाँ ऋण पर्न […]

लगातारको पहिरोले हुम्लाको जनजीवन प्रभावित, भोकमरीको चिन्ता

हुम्ला । लगातारको वर्षासँगै आएको पहिरोले हुम्लाको ताँजाकोट गाउँपालिकाको खेती गरिएको जमिन बगाएको छ । धान, कोदो र मकै लगाएको खेतबारी पहिरोले बगाएको हो । पहिरोले खेती लगाएको जग्गा बगाएको ताँजाकोट गाउँपालिका वडा नम्बर ३ का स्थानीय जगत शाहीले बताए । भरखर लगाएको धान र गोडमेल गरि सकेको कोदो, चिनो र मकै बगाउँदा ठूलो क्षति […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957