सुर्खेत । वीरेन्द्रनगरमा तत्काल जग्गाको कित्ताकाट नखुल्ने भएको छ । वीरेन्द्रनगरको गुरुयोजना निर्माणमा कित्ताकाटले असर गरेको भन्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार कार्यपालिकाले निर्णय गरी डेढ वर्षदेखि जग्गा कित्ताकाटमा रोक लगाई पछि अझै पनि कित्ताकाट नखुल्ने नपाले जनाएको छ ।

नगर उप–प्रमुख तथा कार्यवाहक प्रमुख मोहनमाया ढकालले नेपाल सरकारले ताकेको मापदण्डअनुसार नै यसअघि कित्ताकाटको काम भइरहेको बताईन् । मन्त्रालयले कित्ताकाट फुकुवा गरेको बताउदै कावा प्रमुख ढकालले तत्काल वीनपाले कित्ताकाटको विषयमा कुनै निर्णय नगरेको बताईन ।

ढकालले वीरेन्द्रनगरमा रहेका पूराना घडेरीहरूमा अनिवार्य आठ मिटरको सडक र नयाँ प्लानिङ्गमा दश मिटरको सडक निर्माण हुनुपर्ने गरी निर्णय कार्यान्वयन भइरहेको बताईन् । कित्ताकाट खोल्ने सरकारको पछिल्लो निर्णयका विषयमा समेत आफूहरूले केही सोची नसकेको उनले जनाईन्  । नगरपालिकाले हाल साविककै निर्णय अनुसार एउटा कित्ता वर्षमा एक पटक मात्रै काट्न मिल्ने निर्णय कार्यान्वयन गरिरहेको छ ।

यता, तीन वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट फुकुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भदौ १८ गतेदेखि देशभर जग्गा कित्ताकाट खुला गरेको हो । यसको कार्यान्वयन पक्षबारे भने अन्योलता कायमै छ । सरकारले २०७४ सालदेखि देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिने भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गरेको थियो ।

बुधबार, भाद्र २४, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१