सुर्खेत । कर्णालीका किसानहरुका लागी ब्याज अनुदान कार्यक्रम शुरु गरिएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कर्णाली प्रदेशमा रहेर कृषि पेशामा लाग्ने र कर्णालीमै कृषि ब्यवसाय गर्न चाहने कृषकहरुका लागी कृषि ऋणमा ब्याज अनुदान सहुलियत दिन लागेको हो ।

मन्त्रालयले आइतवार वीरेन्द्रनगरमा कृषि ऋणमा ब्याज अनुदान सहुलियत सुुभारम्भ कार्यक्रम आयोजना गरि किसानका लागी ब्याज अनुदान कार्यक्रम शुरु भएको जानकारी गराएको हो ।
ब्याज अनुदान कार्यक्रम मार्फत कृषि तथा पशुुपन्क्षीको क्षेत्रमा किसानले २० प्रकारका कर्जा पाउने छन । यो कार्यक्रम अन्तरगत तरकारी उत्पादन, पशुपन्क्षी पालन, मौरी पालन व्यवसाय लगायतका २० प्रकारका कर्जा लिन सक्नेछन ।

कर्णालीका किसानहरुले कार्यक्रम मार्फत एक करोडसम्मको ऋणमा पाँच वर्षसम्म सात प्रतिशत ब्याज अनुुदान प्राप्त गर्नेछन ।

यस कार्यक्रमका लागी मन्त्रालयले चालु आर्थिक वर्षमा सात करोड रुपैयाँ बजेट व्यवस्था गरेको भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर गोविन्द प्रसाद शर्माले जानकारी दिए । व्यवसायिक कृषि तथा पशुुपन्क्षी पालन व्यवसायका लागि ब्याज अनुदान कार्यक्रम कार्यविधि समेत तयार गरेर मन्त्रालयले यो कार्यक्रम संचालन गरेको सचिव शर्माले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशमा रहेका क, ख, ग र घ बर्गका बैँक तथा वित्तिय संस्थाहरु मार्फत किसानहरुले ऋण पाउने छन । ऋण लिने किसानले १० लाख भन्दा बढी ऋण लिनुु परे व्यवसायको विस्तृत परियोजना तयार गरेर पेश गर्नुपर्ने कार्यक्रममा व्यवस्था गरिएको सचिव शर्माको भनाई छ ।

 

कृषि आत्मनिर्भर गराउन ब्याज अनुदान : मुख्यमन्त्री शाही

ब्याज अनुदान कार्यक्रमको सुुभारम्भ गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णालीको कृषिमा आत्मनिर्भर गराउन किसानका लागी ब्याज अनुदान कार्यक्रम लागु गरिएको वताए ।

मुख्यमन्त्री शाहीले किसानहरुलाई अनुदान भन्दा ब्याज अनुदान दिएर व्यवसायिक रुपम आत्मनिर्भर गराउन यो कार्यक्रम ल्याएको बताए ।

कार्यक्रमा कर्णाली प्रदेश सरकारका प्रवक्ता एव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले निम्न स्तरका किसानलाई समेत समेट्ने गरी सहुुलियत ऋण प्रवाहका लागि कानुुन निर्माणको चरणमा जानकारी दिईन् ।

व्यवसाय गर्न चाहाने मध्यम र ठूला किसानका लागि यो कार्यक्रम ल्याइएको मन्त्री केसीको भनाइ छ । ब्यवसायिक कृषि तथा पशुपालन व्यवसायको प्रवद्र्धन, कृषकहरुको रोजगारी वृद्धि र जीवनस्तर उकास्ने उद्देश्यले ब्याज अनुदान कार्यक्रम ल्याएको प्रवक्ता केसीले जानकारी दिईन ।

आइतबार, भाद्र २१, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४