सुर्खेत । सुर्खेतका सुनचाँदी ब्यवसायीहरुले सुर्खेत बाटै काचो सुन उपलब्ध गराउन पहल गरिदिन माग गरेका छन् ।

बिहिवार जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाउदै नेपाल राष्ट्र बैंक मार्फत सुर्खेतमा नै काचो सुन उपलब्ध गराउन र भारतिय नोटको सटहि काउन्टर सुर्खेतमा हुनुपर्ने माग राखेका हुन् ।

बिगतका दिनमा काठमाण्डौ गएर सुन ल्याएको अबस्था रहेको र अहिले बन्दाबन्दीले गर्दा संघिय राजधानी नै जानु सहज नभएकाले अबका दिनमा सुर्खेतमा नै सुनको सहज उपलब्धताका लागि पहल गरिनुपर्ने सुनचाँदी ब्यवसायी संघ सुर्खेतका सचिव तथा संगम ज्वैलसंका सञ्चालक ज्ञानेन्द्र बिश्वकर्माले ज्वाला अपडेटलाई बताए ।

सचिव बिश्वकर्माले महासंघको सिफारिसमा बैंकको लाईन लागेर एक हप्ता बढि समय काठमाण्डौंमा बसेर सुन ल्याउदा खर्च धेरै हुने भएकाले ब्यवसायीहरु मारमा परेको बताए ।

सुन चाँदि ब्यबसायि संघ सुर्खेत र सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतको संयुक्त टोलीले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझ्दै प्रजिअ रेग्मीले सुनचाँदी ब्यवसायीलाई अरु ब्यवसाय जस्तो सहज नहुने भन्दै आफुले सहजताको लागि पहल गर्ने बताए ।

बिहिबार, भाद्र १८, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक :
विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१