सुर्खेत । सुर्खेतका सुनचाँदी ब्यवसायीहरुले सुर्खेत बाटै काचो सुन उपलब्ध गराउन पहल गरिदिन माग गरेका छन् ।

बिहिवार जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाउदै नेपाल राष्ट्र बैंक मार्फत सुर्खेतमा नै काचो सुन उपलब्ध गराउन र भारतिय नोटको सटहि काउन्टर सुर्खेतमा हुनुपर्ने माग राखेका हुन् ।

बिगतका दिनमा काठमाण्डौ गएर सुन ल्याएको अबस्था रहेको र अहिले बन्दाबन्दीले गर्दा संघिय राजधानी नै जानु सहज नभएकाले अबका दिनमा सुर्खेतमा नै सुनको सहज उपलब्धताका लागि पहल गरिनुपर्ने सुनचाँदी ब्यवसायी संघ सुर्खेतका सचिव तथा संगम ज्वैलसंका सञ्चालक ज्ञानेन्द्र बिश्वकर्माले ज्वाला अपडेटलाई बताए ।

सचिव बिश्वकर्माले महासंघको सिफारिसमा बैंकको लाईन लागेर एक हप्ता बढि समय काठमाण्डौंमा बसेर सुन ल्याउदा खर्च धेरै हुने भएकाले ब्यवसायीहरु मारमा परेको बताए ।

सुन चाँदि ब्यबसायि संघ सुर्खेत र सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतको संयुक्त टोलीले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझ्दै प्रजिअ रेग्मीले सुनचाँदी ब्यवसायीलाई अरु ब्यवसाय जस्तो सहज नहुने भन्दै आफुले सहजताको लागि पहल गर्ने बताए ।

बिहिबार, भाद्र १८, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपालद्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८४५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं :…………………..

हाम्रो टिम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल सुर्खेत
प्रधान सम्पादक : कोमल शाही
सम्पादक : गोविन्द बिश्वकर्मा
सह-सम्पादक : खगेन्द्र राना मगर
कला साहित्य : अलिफ खान
Graphic Designer : तीर्थ भण्डारी
web Designer : websoft IT Nepal

संवाददाताहरु

१० वटै जिल्लाबाट संवाददाताहरु आबश्यक्ता परेकाे हुंदा ईच्छुकले सम्पर्क गर्नुहाेला ।