भदौ १ देखि आन्तरिक र अन्तरराष्ट्रिय उडान खुला गर्ने सरकारको तयारी

काठमाडौ । सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार उडान सम्बन्धी आवश्यक तयारी तथा प्रोटोकल (कार्यविधि) भने मन्त्रालयले तयार पार्नेछ । आन्तरिक […]

कर्णाली प्रदेशको बजेट खर्च १६ अर्ब, कुन शिर्षकमा कति खर्च ?

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा रु. १६ अर्ब ३६ करोड बजेट खर्च गरेको छ । रु. ३४ अर्ब ३५ करोड बजेट ल्याएको प्रदेश सरकारले अघिल्ला आर्थिक वर्षझैं गत वर्ष पनि लक्ष्य अनुसार खर्च गर्न सकेन । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले पुँजीगततर्फ रु. नौ अर्ब १२ करोड ७२ […]

शुक्रबार घट्यो सुनको मुल्य, सुर्खेत बजारमा कतिमा हुँदैछ कारोबार ?

सुर्खेत – आज शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार प्रतितोलामा ५ सय रुपैयाँले घटेर ९३ हजार ७ सयमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी संघ सुर्खेतले जानकारी दिएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । […]

एनसेलको नयाँ अफर, ल्यायो ‘इण्डलेस कुराकानी प्लस’

काठमाण्डौं साउन ०१ । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत प्रिपेड ग्राहकलाई आकर्षक भ्वाइस अफर ‘इन्डलेस कुराकानी प्लस’ ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले अझ सुलभ दरमा भ्वाइस सेवाबाट लाभ लिन सक्ने एनसेलले जनाएको छ । प्रिपेड ग्राहकले यस अफर अन्तर्गत ७ दिन, १५ दिन वा ३० दिनको समयावधि रहेको भ्याइस प्याक […]

रानीघाटमा २ करोड ८२ लाख लागतमा प्रहरी चौकी निर्माण

सुर्खेत, असार ३१ । बराहताल गाउँपालिका २ सुर्खेत रानीघाटमा रु दुई करोड ८२ लाख लागतमा प्रहरी चौकी निर्माण भएको छ । युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसको आर्थिक सहयोगमा प्रहरी चौकी निर्माण भएको हो । वि.सं. २०७५ कार्तिक २६ गतेबाट निर्माण कार्य शुरु भई हालै सम्पन्न नवनिर्मित प्रहरी चौकीको उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका […]

सुनको मुल्य आकाशियो तोलाको लाख नजिक, व्यापार छैन : व्यवसायी

सुर्खेत, असार ३१ । सुनको मुल्य प्रतितोला लाख पुग्नै लाग्दा व्यापार नहुंदा सुर्खेतका सुनचाँदी व्यापारीहरु निराश बनेका छन् । कोभिड १९ कोरोना भाईरसका कारण देश बन्दाबन्दी (लकडाउन) मा फसेका बेला अन्तराष्ट्रिय मुद्राको दरमा ह्वात्तै वृद्धि भएपछि सुनको मुल्य लाख कै आसपासमा पुगेको बेला व्यापार मन्द भएको र किन्ने भन्दा बिक्रि गर्ने बढी भएकाले सुनचाँदी व्यापार […]

बाँके र बर्दियालाई कर्णालीमा गाभ्ने कोहलपुर नपाको नगर सभाको निर्णय

सुर्खेत, असार ३० । कोहलपुर नगरपालिकाले बाँके र बर्दियालाई प्रदेश पाँचबाट अलग गरेर कर्णाली प्रदेशमा गाभ्नुपर्ने निर्णय गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले पहिले नै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने नगर सभाबाट पारित गराई सकेको अवस्थामा कोहोलपुर नपालले पनि आफ्नो सातौं नगर सभाबाट कर्णाली प्रदेशमा गाभ्नुपर्ने निर्णय सर्वसम्मत रुपले पारित गरेको हो । प्रदेश पाँचको […]

किन काम गरेन नेपाल कै पहिलो सुर्खेतको मौसमी राडारले

सुर्खेत, असार २८ । प्राकृतिक प्रकोपको पुर्व जानकारी प्राप्त गर्न सुर्खेतमा जडान गरिएको मौषमी राडारले एक महिना देखि काम गरेको छैन । सुर्खेतको रातानाङ्ला डाँडामा जडान गरिएको नेपालकै पहिलो राडार बिग्रिएको एक महिना बित्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन । जेठको अन्तिम साता चट्याङले जेनेरेटर र युपीएस बिग्रिएपछि अझै राडार सञ्चालनमा आउन नसकेको जल […]

गरीब देश का धनी जनताको सोख, नेपालमा बन्यो सुनको माक्स

काठमाडौ, असार २२ । नेपालमा पहिलो पटक सुनको माक्स बनाईको छ । नेपालमा पहिलो पटक सुनको टोपी र जन्तर बनाएको सर्वतोमुखी सुन चाँदी गहना उधोगले यसपटक सुनको माक्स निर्माण गरेर चर्चामा आएको छ । कोरानाको त्रास फैलिएसंगै सावधानी अपनाउन चिकित्सकहरुले मास्क र ह्याण्ड सेनिटाइजरको प्रयोग गर्न सुझाव दिएपछि माक्सको प्रयोग बढ्दो छ । माक्सको प्रयोग […]

सरकार हामीलाई विस्थापित हुनबाट बचाउ

सुर्खेत, असार २१ । होटल व्यवसायी महासंघ कर्णाली प्रदेशले कोरोना संक्रमणका कारण तीन महिनादेखि व्यवसाय बन्द रहेकोले आफुहरु विस्थापित हुनबाट बचाउन सरकारलाई आग्रह गरेका छन् । लकडाउनमा होटलहरु पुर्णरुपमा बन्द गरी बस्नुपरेको भन्दै होटल व्यवसायी महासंघ कर्णाली प्रदेशका अध्यक्ष तर्क बहादुर शाहीले व्यवसायबाट विस्थापित हुनुपर्ने अवस्था आएको बताए । ‘व्यवसाय सञ्चालन गर्नका लागि बैंकबाट ऋण […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957