काठमाण्डौं साउन ०१ । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत प्रिपेड ग्राहकलाई आकर्षक भ्वाइस अफर ‘इन्डलेस कुराकानी प्लस’ ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकले अझ सुलभ दरमा भ्वाइस सेवाबाट लाभ लिन सक्ने एनसेलले जनाएको छ ।

प्रिपेड ग्राहकले यस अफर अन्तर्गत ७ दिन, १५ दिन वा ३० दिनको समयावधि रहेको भ्याइस प्याक आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न सक्नेछन् ।

ग्राहकले ७ दिन समयसीमा रहेको ७०० मिनेट अन नेट टक टाइम करसहित मात्र ९५ रुपैयाँ ७७ पैसामा लिन सक्नेछन् । यो प्याकमा ग्राहकले प्रति दिन ७ दिनसम्म १०० मिनेट टक टाइम प्राप्त गर्नेछन् ।
त्यस्तै १५ दिनको प्याकमा ग्राहकले कर सहित १९१ रुपैयाँ ५४ पैसामा १ हजार ८७५ मिनेट अन नेट टक टाइमको पाउनेछन् र १५ दिनसम्म प्रत्येक दिन १२५ मिनेटको टक टाइमबाट फाइदा लिन सक्छन् ।

साथै भ्वाइस सेवाको अलि धेरै आवश्यकता रहेका ग्राहकका लागि ३० दिनको आकर्षक भ्वाइस प्याक रहेको छ । यस प्याक अन्तर्गत ग्राहकले कर सहित ३८१ रुपैयाँ ७९ पैसामा ४ हजार ५०० मिनेट अन नेट टक टाइम लिन सक्छन् । यसमा ग्राहकले हरेक दिन १५० मिनेट टक टाइम ३० दिनसम्म प्राप्त गर्दछन् । यो प्याक प्रयोग गर्ने ग्राहकले मात्र ८ पैसा प्रति मिनेटमा कुराकानी गर्न सक्ने एनसेलले जनाएको छ ।

प्रिपेड ग्राहकले *१७११८*७# डायल गरी निर्देशन अनुसार प्याक सञ्चालन गर्न सक्छन् । ग्राहकले एसएमएसबाट पनि प्याक लिन सक्छन् । जस्तै ७ दिनको प्याक लिनका लागि ग्राहकले १०० टाइप गरी १७११८ मा एसएमएस पठाउनु पर्ने हुन्छ । त्यस्तै ग्राहकले १५ दिनको प्याकको लागि १२५ र ३० दिनको प्याकको लागि १५० टाइप गरी १७११८ मा एसएमएस पठाएर प्याक लिन सकिने एनसेलले जनाएको छ ।

बिहिबार, साउन ०१, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४