सुर्खेत । लामो समयदेखि सञ्चार क्षेत्रमा काम गरेका सञ्चारकर्मी तथा पत्रकार गोविन्द बिश्वकर्माले तीन करोड नेपालीलाई रुवाउने गीत बजारमा ल्याएका छन् ।

यस पहिला नै धेरै गीतहरु बजारमा ल्याईसकेका बिश्वकर्माले यस पटक घर बाहिर रहेको पिडा सुनाउदै बिदेशमा सोचेजस्तो सजिलो नभएको र दुःख मात्र हुने कारुणिक कथा बस्तुलाई समेटेर दशैं तिहार कोशेली ए दुर्गा भवानी को भिडियो सहित बजारमा ल्याएका हुन् ।

सञ्चारकर्मी बिश्वकर्माको शब्द, कमल संसारको लय, अलिफ खानको संगित संयोजन रहेको ए दुर्गा भवानीमा मध्यपश्चिम क्षेत्रमै चर्चा कमाउन सफल गायीका टीका पुन र धर्मेन्द्र शाहीको स्वर रहेको छ ।

घरमा गरीबिले सताएपछि एउटामात्र बिकल्प बिदेश हुने र पराईको देशमा रगत पसिना गर्न साह्रै अप्ठ्यारो हुने कथा संगै दशैं तिहार आउदा घरको याद आउने, सम्हालिन पनि गाह्रो हुने कथा बस्तु समेटीएको छ । यता घरमा भएका आमाबुवा, श्रीमती, छोराले भने बिदेशमा दुस्ख हुन्छ असुरक्षा हुन्छ भन्दै रक्षा गर्दिनका लागी दुर्गा भवानीको प्राथना गरेका हुन्छन । संगै भएर खुशी हुन नपाए पनि एकअर्कामा खुशी हुन दुर्गा भवानीले मद्दत गर्ने गीतमा उल्लेख गरीएको छ ।

स्वयम् बिश्वकर्मा र श्रीमती निर्मला स्वर्णकार संगै छोरा अनमोल बिश्वकर्माको अभिनय रहेको भिडियोमा ग्रीम सुनार र पदमा सुनारको पनि महत्वपुर्ण भुमिका रहेको छ । मान बहादुर वलीको निर्देशन तथा सम्पादन, हेमन्त कडेंलको छांयाकन, ईन्द्रजित खड्काको श्रृंगार रहेको भिडियो छांयाकन वीरेन्द्रनगर सुर्खेतका विभिन्न ठाउमा भएको बिश्वकर्माले जनाएका छन् ।

बिश्वकर्माले यसअघि नै लोक दोहोरी तिम्रै घरको आगनमा पुगेर, दशैं तिहार घरको मायाले, लोकदोहोरी ढल्क्यो जवानी, आधुनिक गुमाउनु नै रैछ माया लगायतका आधा दर्जन बढी गीतहरु बजारमा ल्याइसकेका छन् ।

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोला…………

https://youtu.be/xxfi9NkxPcI

मंगलबार, आश्विन १३, २०७७मा प्रकाशित गरिएको

सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४