सुर्खेत । नेपाल तालिम तथा रोजगार ब्यवसायी महासंघ कर्णाली प्रदेश समिति गठन भएको छ । देशका प्रादेशिक संरचना अनुसार सातै वटा प्रदेशमा प्रदेश संघ गठन गर्ने क्रममा कर्णाली प्रदेशमा पनि उपेन्द्र कुमार शाहीको अध्यक्षतामा १५ सदस्यिय समिति गठन गरिएको हो ।

नव गठित प्रदेश महासंघको वरिष्ठ उपाध्यक्षमा सुमन नाथ योगी, उपाध्यक्ष टीका बुढाथोकी, सचिव रमेश शर्मा, सहसचिव रमेश अधिकारी, कोषाध्यक्ष महेश नेपाली चयन भएका छन् ।

यस्तै, प्रदिप घिमिरे, जगत बहादुर कटुवाल, राम बहादुर खड्का, प्रकाश खड्का, मिना भण्डारी, बिनोद शाही, कमल बुढाथोकी, सन्दिप बिक र दिपेन्द्रकुमार शाही सदस्यमा मनोनित भएका छन् ।

बर्सेनि करौडौ बजेट सीप तथा रोजगारीको क्षेत्रमा बिनियोजन हुने भए पनि उपलब्ध सन्तोषजनक नदेखिएकोले आफुहरुले पहल गगर्ने अध्यक्ष शाहीले बताए ।

त्यस्तै बेरोजगार रहेका युवाहरुलाई विभिन्न किसमका सिपमुलक तालिमहरु प्रदान गरि उनीहरुलाई स्वरोजगार बनाउन मद्दत पुर्याउने उद्वेश्यले महासंघ गठन गरिएको बरिष्ठ उपाध्यक्ष सुमननाथ योगीले बताए ।

विश्वब्यापी सङ्कट कोरोना भाईरसले निम्त्याएको बेरोजगारी समस्याको अन्त्य गर्न एक मात्र बिकल्प ब्यबसायिक तालिम मार्फत रोजगारी सृजना गर्नु भएकाले संघले यो विषयमा सम्बन्धित निकायसङ निरन्तर समन्वय एबम सहकार्य गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

शनिबार, भाद्र १३, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपालद्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८४५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं :…………………..

हाम्रो टिम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल सुर्खेत
प्रधान सम्पादक : कोमल शाही
सम्पादक : गोविन्द बिश्वकर्मा
सह-सम्पादक : खगेन्द्र राना मगर
कला साहित्य : अलिफ खान
Graphic Designer : तीर्थ भण्डारी
web Designer : websoft IT Nepal

संवाददाताहरु

१० वटै जिल्लाबाट संवाददाताहरु आबश्यक्ता परेकाे हुंदा ईच्छुकले सम्पर्क गर्नुहाेला ।